भागरथीको मोबाइल ‘रिकभर’ गरिँदै, भारतीय सीमकार्डले अनुसन्धानमा समस्या
बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टको मोबाइल ‘रिकभर’ गरिने भएको छ। घटनास्थलमा भेटिएको उनको मोबाइलबाट डिलिट भएका सबै म्यासेज, अडियो–भिडियो र कलको सबै विवरण निकाल्न प्रहरीले मोबाइल ‘रिकभर’ गरिरहेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले मोबाइलसहित घटना स्थलमा भेटिएका सबुत प्रमाणको आवश्यकताका आधारमा परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइरहेको बताए। उनले […]