शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • ७ बर्षिय नौराजको पिडा बुवाको क्रियामा एक दाना चामल किन्ने पैसा समेत पाएन

७ बर्षिय नौराजको पिडा बुवाको क्रियामा एक दाना चामल किन्ने पैसा समेत पाएन

  • सोमवार, भदौ ७, २०७८
७ बर्षिय नौराजको पिडा बुवाको क्रियामा एक दाना चामल किन्ने पैसा समेत पाएन

बाजुरा — बुढिनन्दा नगरपालिका १ पिपलडालिका ७ बर्षका नौराजले पैसा अभाबमा बुवाको उपचार गर्न नसकेर ज्यान गुमाए । बुवाको मृत्युपछि बिक्षिप्त बनेका नौराजले बुवाको क्रियामा एकदाना चामल किन्ने पैसा समेत पाएका छैनन् । बुवाको क्रियामा कात्रो गाउँलेले सहयोग गरेपनि अहिले क्रियामा रहेका नौराजलाई एकदाना चामल किन्ने पैसा समेत नभएको स्थानिय मनविरे लुवारले वताएका छन् ।

नौराजको बुवा खले लुवार साहुको हलो जोतेर परिवार पाल्ने गरेका थिए । बुवा मृत्युपछि नौराज र उनिक अपांग आमा अलपत्र भएका छन् । उनको क्रियामा जसको हलो जोत्ने गरेका थिए । ति साहुले समेत एकदाना चामल सहयोग गरेका छैन् । नौराजलाई अहिले बुवाको क्रिया कसरि सक्ने भन्ने चिन्ता रहेको छ । शुक्रवार ६९ बर्षिय खले लुवारको मृत्यु भएको थियो । नौराज अहिले सहयोगको याचना गरिरहेका छन् । उनलाई दैनिक छाक टार्न समेत निकै धौ धौ भएको छ ।

जन्म र मृत्यु त्यो अपरिहार्य हो कसैले टारेर टरदैन । जन्मने बितिकै एकदिन मृत्यु अनिवार्य छ कसैले रोकेर रोकिने छैन् । तर कसै कसैको मृत्युले परिवार बिच्चलीमा पार्छन्, र समाजनै रुवाएर जान्छन् । यो घटना पनि यस्तै घटना भएको छ । खलेको सानो छाप्रो घर भन्दा बाहेक सम्पत्तिको नाममा एक आना जग्गा समेत छैन्, घर पनि अर्कोको जग्गामा रहेको छ ।

शुक्रवार बुवाको चिता जलिरहेको बेला नाबालक छोरा, बुवाको लाश जलिरहेको हेरिरहँदा कस्तो पिडा भयो होला । नौराजको आमा सिता लुवार त छन्, । उनि अपांग छन्, राम्रो सँग बोल्न पनि सक्दैन्न । सिता पनि श्रीमानको मृत्युको पिडामा छन् । खले लुवारले साहुको हलो जोतेर ३ जना परिवार पाल्ने गरेका थिए । लामो समय देखी खले लुवार बिरामीले थलिएका थिए, उपचार गर्ने पैसा नभएपछि उनले ज्यान गुमाउनु परेको स्थानिय नरदिप वडले बडिमालिका खबरलाइ बताएका छन् ।

नौराजको एउटा सानो खरले छाएको घर भन्दा बाहेक सम्पत्तिका नाममा अरु केही छैन् । नौराजलाइ कात्रो किन्नलाइ पनि गाउँले सहयोग गरेका थिए । उनलाइ क्रिया खर्च गर्न एक रुपैया पैसा पनि छैन्, अर्को आमा छोरालाई छाक टार्न समेत धौ धौ भएको स्थानियले वताएका छन् । पिलडालि गाउँमा सबै हलिया समुदाय बसोबास गर्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार