बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बाजुराको बडिमालिका : स्वर्गजस्तै सुन्दर (फोटो फिचर)

बाजुराको बडिमालिका : स्वर्गजस्तै सुन्दर (फोटो फिचर)

बडिमालिकामा आन्तरिक पर्यटक बढे

  • मङ्लबार, भदौ ८, २०७८
बाजुराको बडिमालिका : स्वर्गजस्तै सुन्दर (फोटो फिचर)
फाेटाे/गणेश राज रेग्मि

बाजुरा–समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको बाजुराको बडीमालीका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसावले पनि महत्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरु बडिमालिकाका गहना हुन् ।

No description available.
बडीमालीकाको सौन्दर्य भनेकै विशाल फाँटहरु हुन् । तर अचेल यी फाँटहरु बिस्तारै मासिँदै छन् । बडिमालिकामा प्रत्येक वर्ष जनैपूणिर्मा दिन ठूलो मेला लाग्छ । बडीमालीका मन्दिर तथा फाँटसम्म जाने बाटो निकै अप्ठ्यारो छ । बाटोको सुविधा नभएका कारण जति पर्यटकको आगमन हुनुपर्ने हो, त्यति हुन सकेको छैन ।

No description available.
बडिमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ । मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ ।

बडीमालीका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफै गर्नुपर्छ । मन्दिर व्यवस्थापनले भक्तजनहरुलाई बास बस्नका लागि एउटा धर्मशाला बनाइदिएकाले भक्तजनहरु त्यहीँ बास बस्ने गर्छन् ।

No description available.
नेपालका चार धार्मिक धाम मध्ये बडिमालिका एक धामका रुपमा परिचित रहेको छ । बाटोमा खाने बस्ने व्यवस्था नभएको उक्त क्षेत्रमा जनैपुणीमाको मेला बाहेक अन्य समयमा कमै मानिस घुम्न जाने गर्छन् ।

No description available.
बडिमालिका पुगेका गणेश राज रेग्मि भन्छन्, बडिमालिका त स्वर्ग जस्तै लागेको उनले वताए । बाटोमा थुप्रै साना मन्दिर, वन्यजन्तु, खोला, झरना आदि मनै लोभ्याउने दृश्य देख्न पाइन्छ । पुग्ने उकालोको यात्रा जति नै कठिन भए पनि आँखाले देखेका अनुपम दृश्य संगाल्दै निकै रमाइलो हुने गर्दछ । बडिमालिका क्षेत्र बाट सैपाल लगायतका हिमालहरुको दृश्य अबलोकन गर्न सकिन्छ ।

No description available.
प्राकृतिक हिसाबले भरिपुर्ण त्यस क्षेत्रको पर्यटकिय विकासका लागि सरकारले खासै योजना नल्याएको स्थानीयबासी गुनासो रहेको छ । जाने बाटो र बिच ठाउँमा बस्ने बासस्थान नहुदा हिउँदको समय दृश्य अबलोकन गर्न र बडिमालिका पुुग्न निकै असहज हुुने गरेको छ । जनैपूणिर्मा मात्र नभइ अन्य समय पनि सदरमुकाम मार्तडी बाट आन्तरीक पर्यटक बडिमालिका क्षेत्रका पाटनमा पुगेर दृश्य अबलोकन गरिरहेका छन् ।

No description available.
बडिमालिकामा जेठमा पर्ने गंगा दशहराका दिनमा सरकारी पुजा हुने गरेको छ । त्यो दिन हेल्किप्टर मार्फत गएर पुजा गर्ने गरेका छन् । मेला भने जनैपूणिर्माको दिनमा लाग्ने गरेको छ । जनैपूणिर्माको दिनमा स्वदेश र भारत बाट दर्शनाथि आउने गरेका छन् । बडिमालिकामा अछाम, बाजुरा र कालिकोटका जिल्ला भएर बडिमालिका जाने गरिन्छ ।

No description available.
बडिमालिका माईको दर्शन गर्नाले मनको ईच्छा पुरा हुने भएकाले देश बाहिर बाट समेत दर्शनाथि मेला भर्न आउने गरेको कैलाशमाण्डौका दिर्घराज जोशिले बताएका छन् । बडिमालिका माईको दर्शन गरेर एक दिन त्रिबेणिमा बास बस्ने प्रचलन रहेको छ । बडिमालिकाको पुजाआज गरेपछि ईच्छाएको बरदान हुने बडिमालिकाका पुजारी भानुभक्त पाध्याले बताएका छन् ।

No description available.
बडिमालिका क्षेत्र धार्मिक मात्र नभई जैविक विभिधता, बन्यजन्तु, जडिवुटी, तथा वाताबरणीय दृष्टीकोणले विषेश महत्व रहेको छ । पर्यटकिय सम्भाबना बोकेका २२ पाटन्, त्रिबेणि, नाटेश्वरी बडिमालिकाका धरोहरका रुपमा परिचित रहेका छन् ।

कोरोनाको त्रासमा पनि बडिमालिका जाने दर्शनार्थी बिगत भन्दा बढे

शुदुर पश्चिमकै धार्मीक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा यो बर्ष भदौ ६ गते मेला लागेको थियो । मेलामा स्वदेश र भारत बाट दर्शनार्थी पुुगेका थिए । कोरोनाको त्रासमा बिचमा पनि यो बर्ष काठमाडौ, पोखरा, धनगढि लगायत जिल्ला बाहिर र जिल्ला बाट बडिमालिका जानेको संख्या पहिला भन्दा धेरै बढेका छन् । जिल्ला प्रशासन कार्यलय बाजुराले बडिमालिकामा सरकारी पुजापाठ हुन नसक्ने सुचना जारि गरेको भएपनि बिगत भन्दा यो बर्ष धेरै बडिमालिका गएको मार्तडीका स्थानिय शिक्षक सानु थापाले वताएका छन् ।

No description available.
जिल्ला भन्दा जिल्ला बाहिर बाट हजारौको संख्यामा बडिमालिका जानेको संख्या यो बर्ष बढेको पाईएको छ । कोरोनाको कहरको त्रास बढीरहेको भएपनि यो बर्ष बडिमालिका जाने बिगत भन्दा धेरै बढेको पशु सेवा केन्द्रका प्रमुख शिद्धराज जोशीले वताएका छन् । बडिमालिका जानलाइ कोरानाले पनि केही असर नगरेको जोशीले वताए । यो बर्ष हजारौको संख्यामा जनैपुणिमा बडिमालिका पुुगेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार