बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • कोरोनाको कहर : कुपोषणको चपेटामा बाजुराका बालबालिका

कोरोनाको कहर : कुपोषणको चपेटामा बाजुराका बालबालिका

  • बुधबार, भदौ ९, २०७८
कोरोनाको कहर : कुपोषणको चपेटामा बाजुराका बालबालिका

बाजुरा–कोरोनाको कहर बढेसँगै बाजुराका बालवालिका कुपोषणको चपेटामा परेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । बाजुरामा त्यसैपनि बालवालिका कुपोषणको चपेटामा पर्ने गरेका थिए । कोरोनाको कहरले धेरै बालवालिका कुपोषणको चपेटमा परेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । परिवारमा चरम खाद्य संकट भएपछि बालवालिका र गर्भवती महिला सबै भन्दा बढी कुपाषणको मारमा परेको पन्तले वताए ।

आर्थिक बर्ष ०७७।०७८ मा जन्मेदेखी २३ महिना सम्मका २ सय ३६ जनामा बालवालिका कडा कुपोषित भएको स्वाथ्य कार्यलय बाजुराका तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै ६ सय २९ बालवालिकामा मध्यम खाले कुपोषण देखिएको हो । त्यस्तै १८ हजार ५ सय ७७ वालवालिकामा सामान्य कुपोषणमा रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

स्वास्थ्य कार्यलय बाजुराकाले जनाए अनुसार आर्थिक बर्ष ०७७।०७८ मा जन्मेदेखी २३ महिनाका १९ हजार ४ सय ४२ जना बालवालिकाको कुपोषण उपचार गरेको जनाएको छ । कार्यलयको तथ्याङ्क भन्दा अझ कुपोषित बालवालिका धेरै रहेको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् । संयोजक दीपक शाह भन्छन्, “खोज्न गए त कुपोषित बालबालिका कति भेटिन्छन् कति तर स्वास्थ्य संस्थामा उपचार गर्न आएकाको मात्रै रेकर्ड हुने गरेको छ ।”

सबै भन्दा बढी आर्थिक बिपन्न परिवारमा कुपोषणको दर बढेको पाईएको छ । दलित मुक्तहलिया तथा पछाडी परेको बर्गमा कुपोषणको दरब बढेको स्वास्थ्यकर्मीले वताएका छन् । कुपोषण मुलुककै लागि गम्भीर चिन्ताको विषय हो । कुपोषित बालबालिकाहरू रोगबाट बढी संक्रमित हुन्छन् जिल्ला अस्पताल बाजुराका प्रमुख डा. प्रकाश राज जैशीले वताए । स्वामिकार्तिक खापर गाउँपालिका १ बस्ने जनक बिकका २ वटा बच्चा कुपोषणको चपेटामा परेका छन् । खान लगाउन राम्रो सँग नपुुगेपछि बालवालिका कुपोषणको चपेटमा परेका हुन् ।

डोगडी स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर रावत कडा कुपोषित भएर ज्यान जोखिममा परेका बालबालिकालाई मात्रै बिरामी भएका भनेर स्वास्थ्य चौकीमा ल्याइने गरिएको बताउँछन् । जन्मेदेखि चार वर्षसम्मको बालबालिकालाई एक हजार ३२० क्यालोरीयुक्त खाना चाहिन्छ । तर, बालबालिकाले एक हजार ३२० क्यालोरीयुक्त खाना खान नपाउँदा अल्पपोषण र त्योभन्दा बढी क्यालोरीको खाना खाँदा अधिकपोषण भई कुपोषणको शिकार बनेका छन् । मानिसको शरीरलाई प्रोटिन, कार्बोहाइड्रेट, चिल्लो, खनिज र भिटामिनलगायतका तत्वहरू आवश्यक पर्छन् । यिनै तत्वको कमीले मानिसहरू कुपोषित हुन पुग्छन् । वयस्क व्यक्ति भन्दा बालबालिका बढी कुपोषित हुने गरेको पाइन्छ ।

नेपालीको औसत आयु ६९.२ वर्ष छ । बाजुराका मानिसहरूको औसत आयु भने ५९.५ वर्ष छ । १४ प्रतिशत जनसंख्या ४० वर्षभन्दा बढी नबाँच्ने बाजुराका आमाहरूको अवस्था झनै दर्दनाक पाइन्छ । ७.५ प्रतिशत परिवार भूमिविहीन रहेको यस जिल्लाका कुल परिवार संख्यामध्ये ३८.७ प्रतिशतलाई तीन महिना, २७.४ प्रतिशतलाई छ महिना, ७.६ प्रतिशतलाई नौ महिना र ४.४ प्रतिशतलाई मात्र बाह्रै महिना खान पुग्ने रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार