शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • दुर्ब्यवहार गरेकाे भन्ने आरोप नियोजित : मन्त्री शाह

दुर्ब्यवहार गरेकाे भन्ने आरोप नियोजित : मन्त्री शाह

  • बुधबार, भदौ ९, २०७८
दुर्ब्यवहार गरेकाे भन्ने आरोप नियोजित : मन्त्री शाह

बाजुरा — सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले बाजुराका केही युवाहरुलाई बुधबार दिउँसो कार्य कक्षमै अभद्र व्यवहार गरेको भनि फैलाइएको आरोप नियोजित रहेकोले कसैले पनि भ्रममा नपर्न शाहले बताएका छन् ।

रानीवन स्पोर्टस क्लब बाजुराका अध्यक्ष धुर्व रोकाया लगायत केही युवाहरु आफ्नो कार्यकक्षमा आएर चन्दा मागेपछि मन्त्रालयमा चन्दाका लागि कुनै रकम बजेट नहुने बताएको र बरु ब्यक्तिगत सहयोग गर्न तयार रहेको बताएपछि उनीहरुले नियोजित ढंगले अभद्र ब्यवहार गरेको हल्ला फिजाएको मन्त्री शाहको भनाई छ ।

‘बदनाम गर्ने उद्देश्यले नियोजित रुपमा हल्ला फिजाएका हुन्,’ मन्त्री शाहले भने, ‘मिडियालाई पनि गलत सूचना दिएर भ्रम सिर्जना गराउन खोजिएको मात्र हो ’ मन्त्री शाहले सञ्चारमाध्यमहरुलाई पनि सत्यतथ्य बुझेर मात्र समाचार प्रवाह गर्न आग्रह गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार