शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • पनेरी खोला जिउलामा काठेपुल निर्माण

पनेरी खोला जिउलामा काठेपुल निर्माण

  • मङ्लबार, भदौ १५, २०७८
पनेरी खोला जिउलामा काठेपुल निर्माण

बाजुरा — जिल्लाको सदरमुकाम मार्तडी बजार क्षेत्रमा रहेको जिउलामा काठेपुल निर्माण गरिएको छ । बडिमालिका नगरपालिकाको आर्थिक सहयोग र स्थानिय डवल बिकको पहलमा सो पुल निर्माण गरिएको हो ।

बडिमालिका नगर पालिका वडा न. ८ र ९ जिउलामा पर्ने नेपाल पत्रकार महासघं बाजुरा शाखाकोे कार्यालय, एमाले पार्टी कार्यालय जाने बाटो रहेको सो ठाउँमा सबै भन्दा बढि बिद्यार्थीहरुलाई जोखीम भएको भन्दै काठेपुल निर्माण गरीएको डबल बिकले बताएका छन ।

मालिका उच्च माध्यामिक बिद्यालयको अङ्ग्रेजी मिडियाम नजिकै रहेको पनेरी खोलामा बर्षातका कारण खोलामा बालबालिकालाई हिड्डुल गर्न असहज भयकाले काठेपुल निर्माण गरिएको बडिमालिका नगरपालिका वडा न ८ का वडा अध्यक्ष प्रकाश रावलले बताए । बडिमालिका नगरपालिकाको ३० हजार लागतमा सो पुल निर्माण गरिएको वडा अध्यक्ष रावलले बताए ।

चर्चामा

सम्बन्धित समाचार