शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • कोरोनाको त्रासमा पनि बडिमालिका जाने दर्शनार्थी बिगत भन्दा बढे

कोरोनाको त्रासमा पनि बडिमालिका जाने दर्शनार्थी बिगत भन्दा बढे

  • बिहिबार, भदौ ३, २०७८
कोरोनाको त्रासमा पनि बडिमालिका जाने दर्शनार्थी बिगत भन्दा बढे

बाजुरा–शुदुर पश्चिमकै धार्मीक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा मेला भर्न दर्शनार्थी गन्तब्य स्थलमा जान शुरु भएका छन् । भदौ ६ गते लाग्ने मेलामा स्वदेश र भारत बाट दर्शनार्थी जान शुरु भएका हुन् । बडिमालिकामा अछाम, बाजुरा र कालिकोटका जिल्ला भएर बडिमालिका जाने गरिन्छ । मेलाको लागि साउन २९ गते बाट सो क्षेत्रमा जान शुरु भएका हुन् ।
कोरोनाको त्रासमा बिचमा पनि यो बर्ष काठमाडौ, पोखरा, धनगढि लगायत जिल्ला बाहिर र जिल्ला बाट बडिमालिका जानेको संख्या पहिला भन्दा धेरै बढेका छन् । जिल्ला प्रशासन कार्यलय बाजुराले बडिमालिकामा सरकारी पुजापाठ हुन नसक्ने सुचना जारि गरेको भएपनि बिगत भन्दा यो बर्ष धेरै बडिमालिका गएको मार्तडीका स्थानिय शिक्षक सानु थापाले वताएका छन् ।
जिल्ला भन्दा जिल्ला बाहिर बाट हजारौको संख्यामा बडिमालिका जानेको संख्या यो बर्ष बढेको पाईएको छ । कोरोनाको कहरको त्रास बढीरहेको भएपनि यो बर्ष बडिमालिका जाने बिगत भन्दा धेरै बढेको पशु सेवा केन्द्रका प्रमुख शिद्धराज जोशीले वताएका छन् । बडिमालिका जानलाइ कोरानाले पनि केही असर नगरेको जोशीले वताए ।
बडिमालिका माईको दर्शन गर्नाले मनको ईच्छा पुरा हुने भएकाले देश बाहिर बाट समेत दर्शनार्थी मेला भर्न आउने गरेको त्रिबेणी नगरपालिका दिर्घराज जोशिले बताएका छन् । बडिमालिका माईको दर्शन गरेर एक दिन त्रिबेणिमा बास बस्ने प्रचलन रहेको छ । धार्मिक तथा पर्यटकिय महत्व बोकेको बडिमालिका ४ हजार मिटर भन्दा उचाईमा रहेको छ । बडिमालिकाको पुजाआज गरेपछि ईच्छाएको बरदान हुने बडिमालिकाका पुजारी भानुभक्त पाध्याले बताएका छन् ।
मेलामा मदिरा समेत निषेधित गरिएको छ । मेलालाई सहयोग गर्ने नेपाल रेडक्रस स्काउट टोलि समेत बडिमालिका प्रस्थान भएका छन् । त्यस्तै अर्को धार्मिक पर्यटकिय स्थलमा समेत दर्शनाथि जान शुरु गरेका छन् । बुढिन्नदामा पनि जनै पुर्णिमा दिनमा मेला लाग्ने गर्दछ ।
धार्मिक तथा पर्यटकिय क्षेत्र बडिमालिकामा प्रत्येक बर्ष जैन पुणर्िमाका बेलामा हजारौ दर्शनाथि जाने गर्दछन् । बडिमालिका क्षेत्र धार्मिक मात्र नभई जैविक विभिधता, बन्यजन्तु, जडिवुटी, तथा वातावरण्ीाय दृष्टीकोणले विषेश महत्व रहेको जिल्ला बव कार्यलयका वन अधिकृत दयाराम पौडेल बताएका छन् । पर्यटकिय सम्भाबना बोकेका २२ पाटन्, त्रिबेणि, नाटेश्वरी बडिमालिकाका धरोहरका रुपमा परिचित रहेका छन् । बडिमालिकाको क्षेत्र पुर्वमा जगन्नाथ गाउँपालिका र कालिकोट जिल्लाका केही भाग पश्चिममा कैलाशमाण्डौ, त्रिबेणी नगरपालिका, बडिमालिका नगरपालिका र दक्षिणमा कालिकोटको केही भाग अछामको ऋषिदह छतारा चारकिल्ला भित्र पर्ने गर्दछ ।

चर्चामा

सम्बन्धित समाचार