बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • कुर्पेकोट बिद्यालयको भबन निर्माणमा अनियमितता भएको आरोप

कुर्पेकोट बिद्यालयको भबन निर्माणमा अनियमितता भएको आरोप

  • बुधबार, भदौ ९, २०७८
कुर्पेकोट बिद्यालयको भबन निर्माणमा अनियमितता भएको आरोप

बाजुरा–खप्तड छेडेदह गाउपालिका २ कुर्पेकोट आधारभुत्त बिद्यालयको दुई कोठे भवन निर्माणमा अनियमितता भएको खुलासा भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १८ लाखमा निर्माणाधिन हुन लागेको दुई कोठे भवनमा गुणस्तरहिन काम गर्दै अनियमितता भएको स्थानिय राजकुमार सिंहले वताएका छन् ।

बिद्यालयको दुई कोठे भवन निर्माणको सुरुवाती देखी नै गुणस्तरहिन काम गर्दै आएको गाउँपालिकाका प्राबिधिक उपेन्द्र साउँदले बताएका छन । जगको पिल्लरको हातीपाईले हाल्दाकै समयमा डिजाइन स्टमेटमा भएको भन्दा सानो बनाएर हात्तिपाईले हालेको जनाएको छ ।

सुरु देखीनै फल्ट हुदै आएको भवन निर्माणको काममा असार महिनामा ढलानको काम सुरु गरेको थियो । ढलान सुरु गर्दाको केही दिन पहिला वडा सदस्य र केही स्थानियले गुणस्तरको काम नभएको गुनासाे गरेका थिए । स्थानियको गुनासो पछि प्रधानाध्यापक राजेन्द्र बहादुर सिंहलाई स्थानियले भनेको कुरा भन्दा कहाँ दुनियाका कुरा सुनेर हुन्छ, प्राधानाध्यापक म हो मलाई थाहा होला भन्दै अटेर गर्दै प्राबिधिकलाई बिना जानकारी असारको अन्तिममा बिद्यालयको ढलान गरेको गुनासो रहेको छ । आफू असार मसान्त चलिरहेकोले गाउपालिकामै अरु काममै व्यस्त भएका कारणले पुग्न सकीएन प्राबिधिक साउँदले बडिमालिका खवरलाई बताए ।

सूरुमा कुल बजेटको ३३ प्रतिशत रकम पेश्की लगिसकेको र बाँकी कामको स्टमेट नै उठाएको छैन । रकम भुक्तानी पनि भएको छैन । स्थानियको गुनासोलाइ मध्यनजर गरी बाकी कामलाई अगाडी नबढाउने भनेको बताएका छन । साउन महिनाको अन्तिम तिर पलस्तर समेत गरी सकेको भन्ने छ ।

यता बिद्यालयका प्रधानाध्यापक राजेन्द्रबहादुर सिंहले व्यत्तिगत रिसिभिका कारणले आफ्नो व्यईजत गरेको बताएका छन् । हामीले काम सम्पन्न गरी सक्यौ बिरोध गर्ने गरिरहेका छन् । काम कस्तो भएको छ, स्थानियलाई सोधे थाहा भईहाल्छ सिंहले भने ।

गाउपालिकाका उपाध्यक्ष कुन्ती बुढाले उपभोक्ता समितिलाई धेरै पटक भनियो र निर्देशन दिएको भए पनि अटेर गरेको बताइन । सुरुमा जगमै बिगारेको थियो उपाअध्यक्ष बुढाले बताइन । त्यस पछि ढलानमाको बिममा ढुंगा हाले थियो काम रोक्नु पलस्तर नगर्नु अनुगमन टोली बनाएर यर्थाथ केहो बुझ्नु पर्ने भनेको भए पनी नटेरेको बताएकी छन । नमानेर पलस्तर समेत गरी सकेको र जति भने पनि मान्दैनन उनले बताइन । काम फल्ट गरेका धेरै प्रमाण आफुसंग छन् । मान्दैनन बुढाले बताईन ।

केन्द्रबाट गएको बैशाख १५ गते शिक्षा बिभागबाट पत्र गाउपालिकालाई आएको थियो । त्यसको केही दिन ढिलो गरी केन्द्रबाट गाउँपालिकाको लेखामा रकम सहितको अख्त्तीयारी आएको गाउँपालिकाका प्राबिधिक उपेन्द्र साउदले बताए । केन्द्रले नै स्टमेट पठाएको थियो । केन्द्रको स्टमेटका आधारमा बिद्यालयको दुई कोठे भवनको लागि रकम अपुग भएकोले प्रदेश सामाजिक मन्त्रालयको स्टमेट अनुसार काम अगाडी बढाएको साउँदले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार