सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाका आजदेखि खुला
नेपाल सरकारले सुदूरपश्चिमका भारतसँग जोडिएका सबै सीमानाका शुक्रबार देखि खुला गरेको छ । मन्त्रीपरिषद्को निर्णयका आधारमा गृह मन्त्रालयले सीमा नाका खुला गरिएको जनाएको छ । मन्त्रालयका अनुसार कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा र पुलघाट नाका पूर्ण रुपमा खुला गरिएको हो । नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरि […]