शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • कर्णाली र शुदुरका हिमाली तथा पहाडि जिल्लामा भारि हिमँपात

कर्णाली र शुदुरका हिमाली तथा पहाडि जिल्लामा भारि हिमँपात

हिमँपातले जनजिवन प्रभाबित, सञ्चार सेवा अबरोध

  • बुधबार, माघ ११, २०७९
कर्णाली र शुदुरका हिमाली तथा पहाडि जिल्लामा भारि हिमँपात

बाजुरा–कर्णाली र शुदुरपश्चिम प्रदेका हिमाली तथा पहाडि जिल्लामा भारी हिमपाँत भएको छ । सोमबार साँझ देखि परेको हिमँपातले जनजिवन अस्तब्यस्त बनेको छ । हिमपाँतले अत्याधिक चिसोले दैनिक जिवन प्रभाबित भएको छ ।
लगातारको हिमँपातले बाजुराको मार्तडी कोल्टि सडक खण्ड लगायत सडक अबरोध भएका छन् । यो बर्ष धेरैपछि हिमाँत भएको हो । हिमँपातले भएपछि एक ठाँउ बाट अर्को ठाँउमा आवतजावत गर्न समस्या हुनुका साथै केही गाउँ सम्पर्क बिच्छेद बनेका छन् ।
यो क्षेत्रमा लगातार हिमँपात भइरहेको छ । चिसो बढेपछि बाजुराको सदरमुकाम मार्तडी, मुगुको सदरमुकाम गमगढी, बझाङ्गको सदरमुकाम चैनपुर, हुम्लाको सदरमुकाम सिमकोट लगायतको जनजिवन प्रभाबित भएको छ । अत्याधिक चिसोले दैनिक कामकाजमा समस्या भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
निरन्तरको हिमपाँतले नेपालगञ्ज बाट बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगुमा हुने नियमित उडान सेवा बन्द भएका छन् । दैनिक नेपालगञ्ज बाट ३० देखी ४० सम्म हुने उडान सेवा बन्द भएको नागरीक उड्यन प्राधिकरण नेपालगञ्जले जनाएको छ । त्यस्तै शुदुरपश्चिम प्रदेको धनगढी बाट हुने उडान पनि बन्द भएका छन् । धनगढी बाट बाजुरा, अछाम, बझाङ्ग, बैतडि हुने उडान सबै बन्द भएको धनगढी बिमानस्थलले जनाएको छ ।
बुढिन्नदा नरपालिका ९ का दाबा गुरुङ्गका अनुसार स्थल र हवाइ मार्ग सबै बन्द रहेको उनले वताए । बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानिय तह हुम्ला, मुगु, बझाङ्ग, दार्चुला लगायत पहाडि तथा हिमाली क्षेत्रमा सञ्चार बिहिन बनेका छन् । टावरमा रहेका सोलारका ब्याट्रिमा चार्ज नभएपछि सञ्चार बिहिन बनेका टेलिकम बाजुराले जनाएको छ । उत्तरी क्षेत्रका ४ स्थानिय तह हुम्ला, मुगु र कालिकोटका केही टावरमा लिंङ्क भएको पोरखे टावरमा बिधुत पावर नहुदा टावर सञ्चालन आउन नसकेको टेलिकम बाजुराले जनाएको छ । ति क्षेत्रमा फोन र इन्टरनेट नहुँदा स्थानिय तहको कामकाज प्रभाबित भएको छ ।
चिसाको कारणले हिमाली भेगका गाँउमा बस्न नसकिने अबस्था भएपछि केही बस्ति बेशि तिर झरेको छन् । बझाङ्ग, दार्चुल्लाका उच्च भागमा पनि चिसोले जनजिवन प्रभाबित भएको छ । बझाङ्गको काँडा गाँउपालिकामा पनि चिसोले जनजिवन प्रभाबित बनेको स्थानियले वताएका छन् । चिसो बढेपछि जिल्लामा बिद्यालय समेत प्रभाबित भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार