शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • गौमुलका भुकम्प पिडीतको बिचल्ली, घरपुरै चिराचिरा

गौमुलका भुकम्प पिडीतको बिचल्ली, घरपुरै चिराचिरा

  • सोमवार, माघ १६, २०७९
गौमुलका भुकम्प पिडीतको बिचल्ली, घरपुरै चिराचिरा

लक्ष्मिराज पाध्याय/गाैमुल–माघ १० गते गएको भुकम्पका कारण गौमुल गाउँपालिका स्थानियको बिचल्ली परेका छन् । गाउँपालिका सबै बस्तिहरु जोखिममा रहेको र घर बस्न लायकनै नभएको गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वातएका छन् ।
गाउँपालिकामा १ हजार ६ सय ५० परिवार मध्ये ५ सय ७० परिवारका घर जोखिममा रहेका छन् । ५ सय ७० परिवारका बासिन्दा सबै बिस्थापित भएको गाउँपालिकाले वताएको छ ।
गाउँपालिका वडा नम्बर २ का सबै बस्तीहरु जोखीम र घरहरु चर्किर बस्न नमिल्ने भएपछि त्यहाँका स्थानियको बिचल्ली भएको हो । कुनै घरहरु बाहिरबाट हेर्दा राम्रो देखीए पनि घर भित्र भने धुजा धुजा भएको गंग रोकायाले वताएका छन् । गौमुलका २ का जडे गाउँ, आगर, दहकोट, गताडी, गुम्फा काडा, जुरेली र रनेडा लगायतका बस्तीहरु घर बिहिन बनेका छन । जुरेली, दहकोट, अगर लगायताका ठाउँमा जमिन सहित चिरा परेका छन ।
त्यहाँका सबै स्थानिय पाल र तरकारीका लागि बनाएका टनेलमा बस्दै आएका छन । जडे गाउँमा १८ परिवार घरबिहिन बनेका छन । आगर गाउँमा २५ परिवार, दहकोटमा ३३ परिवार, गताडी टोलमा ६ परिवार, गुम्फाकाडा बस्तीका १८ परिवार जुरेलीका २५ परिवार र रनेडाका ४० परिवार अहिले पालमा बस्दै आएको गौमुल २ का वडा अध्यक्ष देब बहादुर रोकायाले बताएका छन । ्
घरहरु बस्न नमिल्ने भए पछि केही परिवारहरु संयुक्त रुपमा पालमा बस्दै आएको स्थानिय भक्त रोकायाले बताए । उनले भने पहिला हामी छुट्टाछुट्टै घरमा बस्थौँ भुकम्पले घर भत्तकाएपछि एकै पालमा ४ परिवार बस्दै आएको बताए । उनले भने “३ बर्ष पहिले बाढि आउदा सबै जमिन बगायो पछि यहि आएर बसेका थियो अब त न बस्ने घर रहयो न खाने जमिन रहयो बिस्तापित जस्तै बन्यो यो पाल हालेको ठाउँ पनि अरुकै जमिन हो, रोकायाले थपे” ।
भुकम्पकले एक सदस्य गुमाएको पिडामा रहेका भक्त रोकायाका ६ परिवार पनि बिस्तापित जस्तै बनेका छन । जमुना रोकायाको भुकम्पमा परि मृत्यु भएको थियो । उनी घास काटीरहेको अवस्थामा माथिबाट खसेको ढुगां लाग्दा मृत्यु भएको थियो । भुकम्प पिडित पालमुनि कठ्याङ्गरीदो चिसोमा रात बिताइरहेका छन् ।
हिउँदको समय चिसोले पालमुनी बस्दा त्यहाँका बुढाबुढी र गर्भवती र सुत्केरी महिला र बालबालिकाहरु प्रभाबित भएका छन । भुकम्प पिडीतहरुले अहिले सम्म राहत साम्रगी समेत नपाएको गुनासो रहेको छ । खान बस्न निकै समस्यामा परेका छन् । भुकम्प पिडित बिच्चलीमा हुदा सम्म पनि सरकारको ध्यान नपुगेको स्थानिय धनलाल रोकायाले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार