शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा भुकम्प आउने हल्ला चलेपछि रातभर जागाराम

बाजुरामा भुकम्प आउने हल्ला चलेपछि रातभर जागाराम

  • सोमवार, माघ १६, २०७९
बाजुरामा भुकम्प आउने हल्ला चलेपछि रातभर जागाराम

बाजुरा–आइतवार राति भुकम्प आउने हल्ला चलेपछि स्थानिय रातभर जागाराम बसेका छन् । बाजुरा, हुम्ला, मुगु कालिकोट लगायतका बासिन्दा आइतवार रात भुकम्प आउने हल्ला चलेपछि घर बाहिर बसेका छन् ।
ज्योतिशिले राति भुकम्प आउने भनेर हल्ला फैलाएपछि राति घर छोडेर बाहिर निस्केका कोल्टिमा कार्यरत पत्रकार सरु रोकायाले बडीमालिका खबरलाइ बताएकि छन् । बाजुराका बुढिनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामीकार्तिक खापर गाउँपालिका बासिन्दा रातभर जागाराम बसेका रोकायाले वताईन् । काठमाडौ बसेकाले समेत घरमा भुकम्प आउने भन्दै फोन गरेको पाईएको छ ।
हुम्लामा पनि रातभर घरबाहिर चिसोमा आगो तापेर बसेका थिए । सोमबार बिहान १ बजेपछि भुकम्प आउने एकाएक हल्ला चलेको थियो । हल्ला चलेपछि सबै घर बाट निस्केर बाहिर बसेको हुम्लाका पत्रकार नवराज महतराले वताएका छन् । चिसोमा घर बाहिर खुला चौरमा आगो तापेर बसेका थिए ।
भुकम्प मापन केन्द्रका प्रमुख भरत कोइरालाले शंशारमा भुकम्पको भविष्यबाणी गर्ने कुनै प्रविधि नै नभएको बताएका छन् । हुम्ला, मुगु र बाजुरा जिल्लामा ठूलो भुकम्प जान्छ भन्ने हल्लाले रातभर स्थानीय नागरिक बाहिर बसेका थिए ।

चर्चामा

सम्बन्धित समाचार