शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं : रञ्जिता

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं : रञ्जिता

  • बुधबार, माघ ११, २०७९
सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं : रञ्जिता

दाङ– नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएको छ । नागरिक उन्मुक्तिको समर्थनमा एमालेका राजेन्द्र रावल २७ पुसमा मुख्यमन्त्री बनेका थिए । उनले एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

तर नागरिक उन्मुक्तिको समर्थन गर्ने सुनिश्चित नभएका कारण अहिलेसम्म विश्वासको मत लिएका छैनन् । उनले शीर्ष तहबाटै सहमति खोजेका छन् ।

तर नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले भने सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने बताएकी छन् ।

चर्चामा

सम्बन्धित समाचार