बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बझाङको साइपालमा हिमपातले खाद्यान्न ढुवानीमा समस्या

बझाङको साइपालमा हिमपातले खाद्यान्न ढुवानीमा समस्या

  • आइतवार, माघ १५, २०७९
बझाङको साइपालमा हिमपातले खाद्यान्न ढुवानीमा समस्या

बझाङ – बझाङको दुर्गम साइपाल गाउँपालिकामा हिमपातका कारण खाद्यान्न ढुवानी गर्न समस्या भएको छ। बुधवार भएको हिमपातका कारण बाटो अवरुद्ध भएपछि खाद्यान्न ढुवानी गर्न समस्या भएको हो।

यातायातका साधन नपुगेको उक्त गाउँपालिकामा भेडा, खच्चरबाट खाद्यान्न आयात गरिएको छ। हिमपातका वडा नं १ देखि ५ सम्म बाटो अवरुद्ध भएको थियो। खाद्यान्न अभाव हुन नदिन काँडा बिक्री केन्द्रले तीन हजार क्विन्टल खाद्यान्न ढुवानीको ठेक्का लिए पनि छ महिनासम्ममा छ सय क्विन्टल मात्रै ढुवानी गरेको गाउँपालिकाले जनाएको छ। सम्झौताअनुसार बाँकी दुई हजार चार सय क्विन्टल खाद्यान्न पाँच महिनाभित्र ढुवानी गरिसक्नुपर्नेछ।

बिक्री केन्द्रलगायत सम्बन्धित निकायले ध्यान दिन नसके खाद्यान्न अभावले भोकमरी हुनसक्ने स्थानीय बताउँछन्। खाद्यान्न ढुवानी नियमित गराउने उद्देश्यले अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराल बताए।

चर्चामा

सम्बन्धित समाचार