चोकचोकमा राहत, भित्री गाउँका पीडितले त्रिपाल पनि पाएनन्
वीरगन्ज : हावाहुरीले तहसनहस पारेपछि मिनदेवी बिन आठजनाको परिवारसहित प्लाष्टिक बोराको ओतमा बसेको तीन रात भइसक्यो। बुधबार दिउँसो त्यही प्लाष्टिकको बोराको ओतमा भेटिएकी मिनादेवीले दुःख पोखिन्। ‘अहिलेसम्म एउटा त्रिपाल पनि मेरो हातमा परेको छैन’, उनले भनिन्, ‘घरभित्र पुरिएको थोत्रो बोरा टाँगेर बालबच्चा राखेकी छु।’ हुरीले सबै भन्दा बढी क्षति पुर्याएको भरवलीया गाउँमा मंगलबारदेखि नै राहत पुगेको […]