शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • कर्णालि करीडोरमा ५ सिट पाँस भएको जिबले तेब्बर यात्रु बाेक्दै

कर्णालि करीडोरमा ५ सिट पाँस भएको जिबले तेब्बर यात्रु बाेक्दै

  • बुधबार, फाल्गुन २६, २०७७
कर्णालि करीडोरमा ५ सिट पाँस भएको जिबले तेब्बर यात्रु बाेक्दै

बाजुरा–कर्णालि करीडोरमा जिवहरुले मनोमानी रुपमा यातायात सञ्चालन गर्दै आएका छन् । क्षमता भन्दा बढि यात्रु बोक्ने, लाईसेन्स बिना गाडि चलाउने गरेका छन् । अर्को भाडा पनि मनोमानी तरिकाले लिने गरेका छन् । एकातिर कच्चि बाटो अर्को तिर क्षमता भन्दा बढि जिबहरुले बोक्ने गरेको स्थानियले वताएका छन् । जिपको भित्र मात्र नभइ छत र ढोकामा समेत झुण्डिएर यात्रा गर्ने भएपछि जोखिमपुणर् यात्रा गर्नु परेको स्थानिय मनलाल विकले वताएका छन् ।
प्रहरी प्रशासन बाट चेक जाँच कतै बाट पनि नहुने गरेको स्थानिय लक्ष्मण जोशीले वताएका छन् । २०७६ पौष मा १७ मा से १ ज १०६४ नम्बरको जिव दुर्घटना भएर कणर्ाली नदिमा खसेको थियो । हिमाली गाँउपालिका ७ बाधुको कालापडा भिर बाट कणर्ाली नदिमा जिव खस्दा ५ जनाको मृत्यु भएको थियो । यो घटना हुनु पनि प्रहरी प्रशासनको चेकजाँच नहुनु पनि एउटा कारण रहेको खुल्न आएको थियो । लाईन्सेन बिना र मदिरा सेवन गरेर गाडि चलाइरहेको दुर्घटना बाट बचेका एक जना घाइतेले वताएका थिए । कोही चेकजाँच गर्दैन कसरी गाडि चलाए के भयो स्थानिय प्रदिप राज जोशीले वताए ।
नेपाली सेनाले निर्माण गरीरहेको बाजुरा खण्डमा स्थानियको सहजताको लागि जिवहरु सञ्चालनमा ल्याईएको थियो । डेढ बर्ष पहिले यातायात सञ्चालन पछि सधै जसो जिवहरुले क्षमता भन्दा बढि यात्रुहरु बोक्ने गरेको छन् । बाजुराको सदरमुकाम मार्तडी बाट अलि टाढा रहेको यो ठाँउमा प्रहरी प्रशासनको ध्यान समेत नजाँदा मनोमानी रुपमा क्षमता भन्दा बढि यात्रु बोक्ने गरेको स्थानिय धना रोकायाले वताईन् ।
अर्को भाडामा पनि मनोमानी तरिकाले लिने गरेका छन् । बाजुराको पिलिचौर बाट कालिकोटको जितेगडा सम्म ६० किलोमिटर रहेको छ । तर भाडा भने २५ सय सम्म लिने गरेको पाईएको छ । कणर्ाली करिडोरको निर्माण नेपाली सेनाले गरिरहेको छ । उसले राज्यलाइ हस्तान्तरण गरेको छैन् । स्थानिय, जनप्रतिनिधि राजनितिक कर्मिको समन्वयमा मात्र सेनाले उक्क्त सडक खण्डमा जिप चलाउन दिएको हो । सेनाका एक अधिकारीले भने प्रतिकिलोमिटर ११ रुपैया भाडा लिएर सञ्चालन गर्ने सहमति भएको हो । यसो हुँदा ६ सय ५० मात्र हुन आउने गरेको छ । तर जिप सञ्चालकले ८ सय निर्धारण गरेको थियो ।
जिपहरुको सिट पाँस ५ र कसैको ९ जना हुन्छ, तर छत पछाडी र ढोकामा झण्डिएर बोक्ने गरेको पाईएको छ । ५ सिट पाँस भएको जिबले २० जना भन्दा बढि बोक्ने गरेका छन् । जिप चालकले भने यात्रुहरु नमान्ने भएकाले जर्वरजस्त हाल्ने गरेको वताँउछन् । बाजुरा खण्डमा रहेको कणर्ाली करीडोर अधिकांश सड्कखण्ड भिर फोरेर निर्माण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले भने यातायात मनोमानी सञ्चालन गरेको जन गुनासो आइरहेको वताए, चाडै अनुुगमन गर्ने वताएका छन् । निणर्यमा जिव ब्यबसाहि सहमत हुुन्छन्, तर भाडा मनोमानी लिने गरेको गैह्रेले वताए ।
नेपाली सेनाले जिम्मा लिएको कणर्ाली करीडोर कालिकोटको लालु देखी हुम्लाको सरिसल्ला सम्म १ सय ४५ किलोमिटर रहेको छ । कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाकि हुम्ला जिल्लामा रहेको छ । सेनाले यो सड्कको जिम्मा २०७१ चैत बाट शुरु गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार