सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • समाचार
  • दुलही पठाउन हिँडेको बस दुर्घटना, ३७ जना घाइते

दुलही पठाउन हिँडेको बस दुर्घटना, ३७ जना घाइते

  • शनिबार, फाल्गुन २९, २०७७
दुलही पठाउन हिँडेको बस  दुर्घटना, ३७ जना घाइते

बाँकेको राप्ती सोनारी गाउँपालिका-३ बैसामा बस दुर्घटना भएको छ। ना३ख ९७५९ नम्बरको बस शुक्रबार राति दुर्घटना हुँदा ३७ जना घाइते भएको र एकजना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रहरीका अनुसार बस राप्ती सोनारीबाटै दाङको देउखुरी दुलही पुर्‍याउन हिँडेको थियो । दुर्घटनामा घाइते हुने सबै राप्ती सोनारीकै रहेको र उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार