बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रदेश ७
  • भीम रावलकाे एमालेमा उनको कुनै हक छैन : कर्ण थापा

भीम रावलकाे एमालेमा उनको कुनै हक छैन : कर्ण थापा

  • बुधबार, फाल्गुन २६, २०७७
भीम रावलकाे एमालेमा उनको कुनै हक छैन : कर्ण थापा

धनगढी–तत्कालिन नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले नेकपा एमालेका उपाध्यक्ष एवं सुदूरपश्चिम संयोजक डा भीम रावल प्रचण्डसँगै जानुपर्ने बताएका छन्। बुधबार धनगढीको चटकपुरमा रहेको पार्टी कार्यालयमा भएको झडपपछि थापाले भने उनले अब रावल नेकपा एमालेका नेता नरहेको बताएका हुन।

‘केपी शर्मा ओलीले नेतृत्व गरेको समूहले आधिकारिकता पाएपछि लेखराज भट्ट नै सुदूरपश्चिमका आधिकारिक संयोजक हुन। राजनीतिक निर्णय मान्य हुन्छ’ उनले भने, ‘भीम रावल अनाधिकृत हुन। उनीमा अलिकति पनि नैतिकता छ भने प्रचण्डतिरै जानुपर्छ। त्यहाँ उनले हक खोज्न मिल्छ। एमालेमा उनको केहि हक छैन।’

नेकपा एमाले सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय चटकपुरमा रावलको नेम प्लेट हटाएर उद्योगमन्त्री लेखराज भट्टको राखेपछि केपी ओली समूह र माधव नेपाल समूहबीच झडप भएको थियो। अहिले माधव समूहले भट्टको नेम प्लेट पनि हटाइसकेका छन्। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार