शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिकाकाे ढम्कने आलु परिकार तालिम तथा प्रदर्शनी मेला सम्पन्न

बडिमालिकाकाे ढम्कने आलु परिकार तालिम तथा प्रदर्शनी मेला सम्पन्न

  • बुधबार, फाल्गुन २६, २०७७
बडिमालिकाकाे ढम्कने आलु परिकार तालिम तथा प्रदर्शनी मेला सम्पन्न

बाजुरा–बडिमालिका नगरपालिका ७ ढम्मकनेमा आलु परिकार तालिम तथा प्रदर्शनी मेला गरेका छन । कृषि ज्ञान केन्द्र बाजुरा र घरेलु तथा साना उद्योग विकास कार्यालयको संयुक्त आयोजना र ढम्कने आलु व्लक संचालक समितिको समन्वयमा आलु परिकार तयारी तथा प्रदशन मेलाको आयोजना गरेको कृषि ज्ञान केन्द्र बाजुरा जनाएको छ ।
बडिमालिका नगरपालिका -७, ढम्कनेमा होटेल व्यवसायी र अगुवा कृषक गरि २३ जनालाई ५ दिने आलु परिकार तयारी तालीम सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाजुरा सुुचना अधिकारी मिन प्रसाद जैशीले बताएका छन । आलु एक, परिकार अनेक भन्ने नारा सहित संचालन भएको ५ दिने आलुका २३ भन्दा वढी परिकार वनाउन सिकाईएको छ भने सँगै व्यवसायीक योजना सम्वन्धि तालिम पनि दिईएको छ ।
७ ढम्कने जिल्ला कै मुख्य आलु पकेट क्षेत्र रहेको छ। यस क्षेत्रबाट जिल्लाका विभिन्न ठाउँमा आलु विक्रि हुने गरेको छ । जैसीले भने बाजुरालाई कृषि क्षेत्रको विशेष पकेट क्षेत्र बनाउने उदेश्यका साथ आफनो गाउँ आफै बनाउ भने कार्य योजना लेयका छन । आफनो गाउँ आफै बनाउ भन्ने कार्य योजना जिल्लाका ९ वटै स्थानिय तहलाई हस्तान्तरण गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार