बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • सेरगाउँ बाजुराको पहिलो सरसफाई नमुना टोल घोषणा

सेरगाउँ बाजुराको पहिलो सरसफाई नमुना टोल घोषणा

  • बुधबार, फाल्गुन २६, २०७७
सेरगाउँ बाजुराको पहिलो सरसफाई नमुना टोल घोषणा

मान बहादुर ऐडी/बाजुरा–बडिमालिका नगरपालिका ३ सेरगाउलाई नमुना टोल घोषण गरिएको छ । एक औपचारिक कार्यक्रमका विच बाजुरा जिल्लाकै पहिलो गाउँको रुपमा सेरगाउँलाई सरसफाई नमुना टोल घोषण गरिएको वडा कार्यलयले बताएको छ ।
बडिमालिका नगरपालिका र UN ह््याबिटेड  को साझेदारीमा संचालित पुणर् सरसफाई उन्मुख नमुना समुदाय घोषण कार्यक्रम अन्तर्गत सो गाउँलाई छनोट गरि घोषण गरिएको हो । समुदायले आधारभुत पुणर् सरसफाईका ७ ओटा सुचक पुरा गरेका कारण उक्त गाउँलाइ पुणर् सरसफाई नमुना टोल घोषण गरिएको नगर उपप्रमुख कबिता बिष्टले वताएकि छन् ।
कार्यक्रम बडिमालिका नगरपालिकालाई पुणर् सरसफाई उन्मुख पालिका घोषण गर्ने उदेश्यले पहिलो चरणमा सो टोलबाट सुरु गरिएको पुणर् सरसफाई कार्यक्रम संयोजक विरेन्द्र रावलले वताएका छन् । संयोजक रावलका अनुसार सो कार्यक्रम क्रमिकरुपमा पालिका भित्रका सम्पुणर् टोलहरुमा संचालन गरिने वताए ।
घोषणा कार्यक्रममा देउडा, नृत्य लगाएतका कार्यक्रम प्रस्तुत गरिएको बताएको छ । कार्यक्रम टोलविकास समितिका अध्यक्ष लक्ष्मण खड्काको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगरपालिका उप प्रमुख कविता विष्ट रहेकी थिईन् । त्यस्तै कार्यक्रमको विशिष्ट अतिथि युएन ह्याविटेड पुणर् सरसफाई कार्यक्रम संयोजक विरेन्द्र रावल, युएन ह्याविटेड पालिका संयोजक श्याम भक्त थापा, सहास नेपाल जिल्ला संयोजक देशिन्द्र राई, नेपाल महिला संघ अध्यक्ष अमृता सिंह, वडा नम्वर ३ का वडा अध्यक्ष विर बहादुर रावल रहेका थिए । त्यस्तै संस्थाको आर्थिक प्रगति प्रतिवेदन संस्थाका कोषाध्यक्ष फुगि खड्काले प्रस्तुत गरेको कार्यक्रमको संचालन विर बहादुर खड्काले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार