बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • सामाजिक क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार सिंह सम्मानित

सामाजिक क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार सिंह सम्मानित

  • शुक्रबार, फाल्गुन २८, २०७७
सामाजिक क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार सिंह सम्मानित

बाजुरा–सामाजिक क्षेत्रमा कलम चलाएको भन्दै बडिमालिका खबरका प्रकाशक तथा पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह सम्मानित भएका छन् । उद्योग बाणिज्य संघ बाजुराको १९ औ साधारण सभा तथा सातौ अबिधेशन बाट सिंहलाई सम्मानित गरेको छ ।

साधारण सभा तथा सातौ अबिधेशनका प्रमुख अतिथि पुुर्व भुुमिसुुधार साहायक मन्त्रि जनक राज गिरीले दोसल्लाह उडाएर सम्मान पत्र दिएर सम्मान गरेको छ । सिहं नेपाल पत्रकार महासंघ बाजुरा शाखाको अध्यक्ष समेत हुन् ।

सिंहले बाजुरा जस्तो क्षेत्रमा रहेर पछाडी परेका वर्गका बारेमा कलम चलाएको भन्दै उहाँलाई सम्मानित गरेको उद्योग बाणिज्य संघ बाजुराले जनाएको छ । बाजुरा जस्तो बिकट जिल्ला बसेर एक दशक देखि पत्रकारीता सँगै सामाजिक सेवामा तल्लिन भएको भन्दै सम्मान गरेको संघले जनाएको छ ।

सिंह बाजुरामा एक दशक देखि पत्रकारिता पेशामा आबद्ध रहेको छन् । पत्रकारीता मात्र नभई बाजुराका दिन दुःखीको मानव सेवामा समर्पित छन् । उनले पत्रकारीता सँगै बेसाहारा शाहाराबिहिन ७१ जना वालवालिकाको उद्धार गरिसकेका छन् । त्यति मात्र नभई उनले उपचार नपाएर अलपत्र रहेका दुई दर्जन भन्दा बढिलाई आर्थिक संकलन गरि नयाँ जिवन दिनमा समेत सहयोग गरेका छन् । प्रकाशले  पत्रकारिता पेशासंगै  मानव सेवाको माध्यामवाट आफ्नो क्यारियर पनि उत्तिकै  चौडा वनाएको स्थानियले वताएका छन्् ।

 स्वास्थ्यकर्मीको पृष्ठभुमि बोकेका प्रकाश यतिवेला समाचार  अनि सामाजिक अभियान मार्फत बाजुराका दर्जनौ मानिसलाई लाखैं रुपैंया बराबरको  सहयोग गरेका छन् । गरिव, अशाह्य र अशक्त भएकै कारण स्कुल छोडेका वालवालिकाको उद्धार पनि उत्तिकै गरेका छन् । समाजमा कतिपय मानिस आफु वांच्न हरेक तिक्डम गर्छन् तर, प्रकाश भने बैठकमा उपस्थित भएबापत  पाउने भत्ता पनि असाह्य महिलालाई सहयोग गर्दै आएको पत्रकार महासंघ बाजुरा शाखाका संस्थापक अध्यक्ष दयाराम पण्डितले वताए ।

नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष समेत रहेका प्रकाशले बैठक गोष्ठिमा उपस्थित भएवापत  पाएको ६५ हजार ३ सय रुपैंया बैठक भत्ता रकम पिडितलाई सहयोग गरेका छन । बुवाको मृत्यु पछि आमाले दोस्रो विहे गरी हिडेपछि सहराविहिन भएका पांच भाइबहिनीको उद्धार गरी अहिले  भक्तपूर स्थित  एसोएस बालग्राम , माईतीनेपाल मा अध्ययनरत छन् । बाजुराका ग्रामिण क्षेत्रका आर्थिक अभाबमा उपचार नपाएर अलपत्र रहेका २७ जनालाई सहयोगवापत १७ लाख बढी रकम सकलन गरी हस्तान्तरण गरेका छन् । प्रकासको अभियानमा सहयोगी हात जुटाएर उनिहरुले  नयां जीवन जिउन पाएका छन् ।

बिगत एक दशक देखी  पत्रकारिता र मानवअधिकारका क्षेत्रमा काम गर्दै आएका प्रकश दुर्गम गाँउ बस्तिमा पुगेर मानवअधिकारको वकालत र पैरवी गर्दै आएका छन्  । पछिल्लो समयमा दुखी विरामी पत्ता पलागाउनु र सामाजिक सञ्जाल मार्फत सहयोग अभियान चलाउनु संकलित रकमबाट मानव सेवामा लगानी गर्नु उनको दैनीकी बनेको छ ।

चर्चामा

सम्बन्धित समाचार