शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • डेढ लाख घुससहित कर अधिकृत पक्राउ

डेढ लाख घुससहित कर अधिकृत पक्राउ

  • बिहिबार, फाल्गुन २७, २०७७
डेढ लाख घुससहित कर अधिकृत पक्राउ

जनकपुरधाम– आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत एकजना विचौलियासँगै घुस रकमसहित पक्राउ परेका छन् । कर अधिकृत रमेश ढकाल र विचौलिया नवीन कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिवासले जनाएको छ ।
स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा बुधबार साँझ दुबै जना पक्राउ परेका हुन् । दुवै जनाले एकजना डिष्टिलरी उद्योगीसँग कर वापतको रकम मिलाइदिने नाममा घुस लिएको अख्तियारका अधिकारीहरुको भनाइ छ । पक्राउ परेका दुबै जनाबिरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार