शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • खप्तड छेडेदह देशकै नमूना गाउँपालिका घोषित : एक घर एक बैंक खाता

खप्तड छेडेदह देशकै नमूना गाउँपालिका घोषित : एक घर एक बैंक खाता

  • शुक्रबार, फाल्गुन २८, २०७७
खप्तड छेडेदह देशकै नमूना गाउँपालिका घोषित : एक घर एक बैंक खाता

लक्ष्मिराज पाध्याय/डोगडि–बाजुराको खप्तड छेडेदह गाउँपालिमा एक घर एक बैंक खाता अभियान सम्पन्न गर्ने नेपालकै पहिलो गाउँपालिका घोषणा भएको छ । हिमालयन बैंक लिमिटेडको छेडेदह शाखाको सहकार्यमा उक्त अभियान सम्पन्न भएको हो ।
गाँउपालिकामा ३ हजार २ सय ३४ घरधुरी रहको छन्, सबै परिवारको १ जना भन्दा बढीको बैकमा खाता रहेको गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्णराज जोशीले वताएका छन् । २२ हजार १ सय ३५ जनसंख्या रहेको गाउँपालिकामा करिब १ वर्षको अबधिमा बैंकले उक्त अभियान अन्तर्गत ९ हजार ४ सय ७६ खाता खोली सञ्चालनमा ल्याएको थियो । बित्तिय चेतनामा अभिबृद्धि-सन्तुलित आर्थिक गतिबिधि आत्म निर्भरताको लागि बैंक खाता मार्फत वचत बृद्धि नारा तय गर्दै गाउँपालिकाले हिमालयन बैंक मार्फत अभियान चलाएको गाँउपालिका अध्यक्ष नर बहादुर रावतले वताएका छन् ।
शुक्रबार गाउँपालिकामा आयोजित एक विशेष कार्यक्रम बीच उक्त घोषणा गरिएको हो । २०७६ सालको नयाँ वर्षमा सरकारले समृद्धिसँग जोडौं नाता सबै नेपाली बैक खाता नारा सहित खोलौ बैंक खाता अभियान घोषणा गरेको थियो । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक सूदुर पश्चिम प्रादेशिक कार्यालयका निर्देशक शुभाषचन्द्र घिमिरेले बैंक तथा बित्तिय संस्थाको सहभागितामा मात्र आर्थिक गतिबिधि सहज हुने तथा विकासका कार्यक्रमले गति लिने वताए ।
घिमिरेले भने यस क्षेत्रको बैंकिङ्ग सचेतनाको स्तर निकै उच्च रहेको आफुले महशुश गरेको उल्लेख गर्दै अभियान सञ्चालनमा सहभागी सबैलाई धन्यबाद दिदै यस किसिमको काम नेपालकै बित्तिय साक्षरता अभियानको लागि नमुना भएको वताए । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले छोटो समयमै सम्पन्न भएको यस खालको कार्यक्रमले गाउँपालिकाको बित्तिय चेतनामा अभिबृद्धि-सन्तुलित आर्थिक गतिबिधि आत्म निर्भरताको लागि बैंक खाता मार्फत वचत बृद्धि नारालाई बास्तविकतामा परिणत गर्ने वताए ।
अभियान बारे प्रतिक्रिया दिदै उपस्थित स्थानिय सुर्जादेबी रावतले हिमालयन बैंकले सञ्चालन गरेको अभियानले गाउँपालिकालाई नै नमूना पालिकाको रुपमा चिनाएको तथा स्थानीयहरुलाई बैंकिङ्ग सचेतना र सेवामा उल्लेख्य बृद्धि गरेको वताईन् । स्थानीय व्यवसायी सुबेन्द्र जनरल स्टोरका प्रोप्राइटर लालबहादुर रावतले हिमालयन बैंकको शाखा स्थापनाले जिल्ला सदरमुकाम मार्तडी तथा धनगढीबाट लिइ रहेको आधुनिक बैंकिङ्ग सेवाहरु आफ्नै घरदैलोमा आएको र स्थानीयको जिवनस्तरमा सकरात्मक सुधार भैरहेको वताए । उहाँले चर्को व्याजदरमा साहु महाजनहरुबाट हुने गरेको कर्जा कारोबार सहुलियत व्याज दरमा क वर्गको बैंक मार्फत घरदैलोमै उपलब्ध भएकोमा खुसी गरे ।
कार्यक्रमका सभापति एवं गाउँपालिका अध्यक्ष नरबहादुर रावतले नेपालमा बैंकिङ्ग सेवाको सुरुवात भएको ८६ वर्ष पश्चात भए पनि मानव बिकास सुचकांकको अन्तिम स्थानमा रहेको जिल्लाको स्थानीय निकायले नै बित्तिय साक्षरता अभियानमा नमुनाको रुपमा उदाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा बाजुरा जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरु, स्थानीय ३१ सार्बजनिक बिद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधीहरु, सर्बसाधारण लगायत करिब ५ हजार जनाको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार