बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • वडा अध्यक्ष पाध्यायले बुुवाको १३ औ दिनको पुण्य तिथिमा बिद्यालयलाइ जग्गा दान

वडा अध्यक्ष पाध्यायले बुुवाको १३ औ दिनको पुण्य तिथिमा बिद्यालयलाइ जग्गा दान

  • बुधबार, फाल्गुन २६, २०७७
वडा अध्यक्ष पाध्यायले बुुवाको १३ औ दिनको पुण्य तिथिमा बिद्यालयलाइ जग्गा दान

बाजुरा–बडिमालिका नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले आफ्नो बुुवाको १३ औ दिनको पुुण्य तिथिको अबसरमा बिद्यालयलाई जग्गा हस्तान्तरण गरेका छन् । बुुवा मनी पाध्यायको पुण्य तिथिको अबसरमा जग्गा बिद्यालयलाई दान गरेका हुुन् ।
गाँउमा रहेको ज्ञानुुदय माबि रजातोलीलाई पण्डित महारुद्ध जोशी द्धारा संकल्प गरेर बिद्यालयलाई जग्गा हस्तान्तरण गरेको वडा अध्यक्ष पाध्यायले वताएका छन् । बिद्यालय सँगै जोडिएको जग्गा बिद्यालयलाई दान गरेका हुन् । वडाअध्यक्ष पाध्यायका बुवा मनी पाध्यायकाे ७७ बर्षकाे उमेरमा मृत्यु भएकाे थियाे । उनकाे जिल्ला अस्पताल बाजुरामा उपचारकै क्रममा मृत्यु भएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार