अमेरिकामा निर्वाचनभन्दा चार दिनअघि नै ८ करोड बढीले गरे मतदान
एजेन्सी। अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ। तर, निर्वाचन हुने दिनभन्दा चार दिनअघि नै अहिलेसम्म आठ करोडभन्दा धेरै मानिसले मतदान गरिसकेका छन्। बिहीबार युनिभर्सिटी अफ फ्लोरिडाको यूएस इलेक्सन प्रोजेक्टले दिएको तथ्यांकअनुसार अहिलेसम्म आठ करोडभन्दा धेरै मानिसले राष्ट्रपतिको लागि मतदान गरिसकेका छन्। यो संख्या सन् २०१६ मा राष्ट्रपति निर्वाचनमा खसेको समग्र मतको ५८ प्रतिशतभन्दा धेरै हो। […]