शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई, ट्रम्पको सपना अधुरै

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई, ट्रम्पको सपना अधुरै

  • शुक्रबार, अशोज २३, २०७७
यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई, ट्रम्पको सपना अधुरै

विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)लाई सन् २०२० को नोबेल शान्ति पुरस्करका लागि चुनिएको छ । नर्वेको नोबेल कमिटीका अध्यक्ष बेरिट राइस एन्डरसनले शुक्रबार नोबल शान्ति पुरस्कारको घोषणा गरेकी हुन् । उनका अनुसार डब्लूएफपले सन् २०१९ मा ८८ देशका करिब ९.७ करोड मानिसलाई सहायता गरेको थियो ।

यो वर्ष शान्ति पुरस्कारका लागि ३ सय १८ जनाको नाम सिफारिस भएको थियो । यसमा २११ जना व्यक्ति र १०७ संस्था रहेका छन् । यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि सिफारिस गरिएको समाचार आएको थियो ।

नर्वेका एक दक्षिणपन्थी नेता क्रिस्चियन टायब्रिंग येद्देले ट्रम्पको नाम नोबल शान्ति पुरस्कार २०२१ का लागि पठाएका थियो। इजरालय र यूएईबीच भएको शान्ति सम्झौताका लागि खेलेको भूमिकाका लागि राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने उनको भनाइ थियो।

येद्देले अमेरिकी न्यूज च्यानल फक्स न्यूजसँगको अन्तरवार्तामा भने, ‘मलाई लाग्छ दुई देशबीच शान्ति कायम गर्ने दिशामा ट्रम्पले शान्ति पुरस्कारका लागि सिफारिस गरिएका अन्य मानिसहरुभन्दा बढी काम गरेका छन् ।’ उनले भने, ‘मानिसको व्यवहारभन्दा उसले गरेको कामको आधारमा कमिटीले निर्णय लिनुपर्छ ।’

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस भएको यो पहिलो अवसर भने होइन । सन् २०१८ मा पनि दक्षिण कोरिया र उत्तर कोरियाको सम्बन्ध सुधारमा खेलेको भूमिकाका लागि उनको नाम सिफारिस गरिएको थियो । तर, उनले त्यतिबेला पुरस्कार जित्न सकेनन् ।

चर्चामा

सम्बन्धित समाचार