शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ७९ हजार

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ७९ हजार

  • बुधबार, अशोज २८, २०७७
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ७९ हजार

कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ७९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ७९ हजार २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ८९ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २ लाख ६९ हजार ९७५ संक्रमित थपिएका छन् ।  हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख ४ हजार १५३ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार