शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकी चुनावमा अहिलेसम्म के–के भयो ?

अमेरिकी चुनावमा अहिलेसम्म के–के भयो ?

  • बुधबार, कार्तिक १९, २०७७
अमेरिकी चुनावमा अहिलेसम्म के–के भयो ?

– अमेरिकाका थुप्रै हिस्सामा मतदातालाई अटोमेटेड फोन कल्स गए जसमा आज मतदान नगर्न भनिएको थियो । अधिकारीले मतदातालाई यस्ता फोन कल्स नसुन्न आग्रह गर्दै मतदानमा भाग लिन अपिल गरे ।

– उत्तरी क्यारलाइनाको चुनावी नतिजामा कम्तीमा ४५ मिनेट ढिलाई हुनेछ किनभने चार मतदान केन्द्रमा बिहान मतदान ढिलो सुरु भयो । प्राविधिक गडबडीका कारण यस्तो भएको हो ।

– डेमोक्रेटिक पार्टीका उम्मेद्वारा जो बाइडन अहिले थुप्रै पोल्समा अगाडि छन् तर महत्वपूर्ण राज्यमा रिपब्लिकन पार्टीका डोनल्ड ट्रम्पसँग उनको ठूलै टक्कर छ । यसपटक चुनाव निकै उल्झिएको छ ।

– दुबै उम्मेद्वार ट्रम्प र बाइडनको मतदानको दिन व्यस्तता जारी छ । ट्रम्प आरएनसी स्टाफसँग अर्लिङ्टन र भर्जिनियामा भेट्न गए जबकि बाइडन आफ्नो गृहनगर स्क्रेन्टन र पेन्सोवेनिया गए ।

– यसपटकको मतदानमा मानिसहरुको सहभागिता ऐतिहासिक रुपमा धेरै हुने अनुमान गरिएको छ ।

इन्डियानामा ट्रम्पको जीतको अनुमान:

इन्डियानामा राष्ट्रपति डोनल्ड ट्रम्पको जीत भएको बताइएको छ । यो राज्य उपराष्ट्रपति माइक पेन्सको गृह राज्य हो र यहाँ साधारणतया रिपब्लिकन पार्टीको नै जीत हुन्छ । इन्डियानामा ११ इलेक्टोरल कलेज भोट छन् ।

इलेक्टोरल कलेज के हो ?

इलेक्टोरल कलेजमार्फत् ५३८ इलेक्टर्सलाई छानिन्छ । यी इलेक्टर्सले नै अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको निर्णय गर्छ । जब मतदाता तीन नोभेम्बर मंगलबार मतदान गर्न जान्छन् तब उनीहरुले आफूलाई मन परेको उम्मेद्वारका इलेक्टर्सलाई आफ्नो राज्यमा छान्नेछन् ।

जो उम्मेद्वारले इलेक्टोरल भोट्सको बहुमत हासिल गर्नेछ ती व्यक्ति अमेरिकाको अर्को राष्ट्रपति हुनेछन् । ५३८ इलेक्टर्समा ४३५ रिप्रेजेन्टेटिव्स, १०० सिनेटर्स र तीन डिस्ट्रिक्ट अफ कोलम्बियाका इलेक्टर्स हुन्छन् । हरेक चार वर्षपछि अमेरिकी मतदाता राष्ट्रपति र उपराष्ट्रपतिका लागि भोट गर्छन् ।

–बीबीसी

चर्चामा

सम्बन्धित समाचार