शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • हिंसात्मक झडपमा परी अफगानिस्तानमा १ सय ७५ जनाको मृत्यु

हिंसात्मक झडपमा परी अफगानिस्तानमा १ सय ७५ जनाको मृत्यु

  • मङ्लबार, कार्तिक १८, २०७७
हिंसात्मक झडपमा परी अफगानिस्तानमा १ सय ७५ जनाको मृत्यु

अफगानिस्तानमा भएको हिंसात्मक झडपमा परी कम्तीमा १ सय ७५ जना विद्रोहीहरूको मृत्यु भएको छ।  देशको कान्दहार प्रान्तमा भएको झडपमा परी मृत्यु भएकामध्ये केही तालिवान विद्रोहीका कमाण्डर समेत रहेको जनाइएको छ।

घटनाका बारेमा थप विवरण संकलन हुदै गरेको पनि अफगानी राष्ट्रिय सुरक्षा निर्देशनालय श्रोतले सोमबार जानकारी दिएको छ। श्रोतका अनुसार १ सय ७५ जनाको मृत्यु भएको हो भने अरू २६ जना घाइते भएका छन्। झडप झण्डै रातभरी भएको श्रोतको दावी छ।

कान्दहार प्रान्त पछिल्लो समयमा हिंसात्मक घटनाहरूबाट धेरै प्रभावित हुँदै गएको छ। यस क्षेत्रमा सरकारी सुरक्षाकर्मी र विद्रोही तालिवान लडाकूबीचमा झडप हुने गरेको छ।

चर्चामा

सम्बन्धित समाचार