शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • श्रीलङ्कामा फोहोर खान आएका हात्तीको तस्बिरलाई पुरस्कार

श्रीलङ्कामा फोहोर खान आएका हात्तीको तस्बिरलाई पुरस्कार

  • बुधबार, अशोज २८, २०७७
श्रीलङ्कामा फोहोर खान आएका हात्तीको तस्बिरलाई पुरस्कार
तस्बिर स्रोत,TILAXAN THARMAPALAN

श्रीलङ्कामा हात्तीहरूको बथान फोहोरमा चरिरहेको तस्बिरले यो वर्ष रोयल सोसाइटी अफ बायोलजी (आरएसबी) फोटोग्राफी प्रतियोगिता जितेको छ।

फोहोर खाएर हात्तीहरू बिरामी पर्न र मर्न थालेपछि भर्खरै सरकारले त्यहाँ फोहोर फाल्न प्रतिबन्ध लगाएको छ।

धर्मपालनको तस्बिर ‘आवर चेन्जिङ वर्ल्ड’ अर्थात् ‘हाम्रो बदलिँदो विश्व’ शीर्षकको प्रतियोगितामा प्रथम भएको हो। उनले १,००० पाउन्ड हात पारेका छन्।

आरएसबीको युवा फोटोग्राफर उपाधि पनि श्रीलङ्काका १४ वर्षीय आश्विन गीर्तनले जितेका छन्।

उनले माझीहरूले छोडेका डन्डीमा बसेर तल पानीमा माछा ढुकिरहेका चराहरूको तस्बिर खिचेका थिए।

चरा

उक्त प्रतियोगितामा सहभागी उत्कृष्ट तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

— बिबिसी 

चर्चामा

सम्बन्धित समाचार