शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा वर्षाको कहरः ११ को मृत्यु, थुप्रै इलाका जलमग्न

भारतमा वर्षाको कहरः ११ को मृत्यु, थुप्रै इलाका जलमग्न

  • बुधबार, अशोज २८, २०७७
भारतमा वर्षाको कहरः ११ को मृत्यु, थुप्रै इलाका जलमग्न

भारतको हैदराबादको थुप्रै हिस्सामा लगातार वर्षाका कारण हालसम्म ११ जनाको मृत्यु भएको छ । यीमध्ये ९ जनाको मृत्यु पर्खाल भत्किएका कारण भएको हो । सडक जलमग्न छन् र केही तल्लो इलाका पूर्ण रुपमा जलमग्न छन् ।

हैदाराबाद लोकसभा सीटबाट सांसद असदुद्दीन औवेसीले नीजि पर्खाल भत्किएका कारण ९ जनाको मृत्यु भएको र दुईजना घाइते भएको जानकारी दिए ।

अर्को घटनामा ४० वर्षीया महिला र उनकी १५ वर्षीया छोरीको मृत्यु भएको छ । भारी वर्षाका कारण मंगलबार इब्राहिमपटनम इलाकामा उनीहरुको पुरानो घरको छत भत्किएको थियो । तेलंगानाको थुप्रै इलाकामा मंगलबारदेखि नै भारी वर्षा भइरहेको छ । यसैकारण मानिसहरुको जीवन अस्तव्यस्त भएको छ । हैदराबादका थुप्रै इलाका जलमग्न भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार