मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकी राष्ट्रपति चुनावः ११६ वर्षमा पहिलो पटक मतदानको दिन राष्ट्रपति निश्चित नहुने

अमेरिकी राष्ट्रपति चुनावः ११६ वर्षमा पहिलो पटक मतदानको दिन राष्ट्रपति निश्चित नहुने

  • बुधबार, कार्तिक १९, २०७७
अमेरिकी राष्ट्रपति चुनावः ११६ वर्षमा पहिलो पटक मतदानको दिन राष्ट्रपति निश्चित नहुने

अमेरिकामा हरेक चार वर्षपछि हुने राष्ट्रपति चुनावका लागि मंगलबार मतदान भयो । अमेरिकाका ५९ औं राष्ट्रपति चयनका लागि मतदान भएको हो । मतदान अमेरिकी समयानुसार मंगलबार बिहान ६ बजे (नेपाली समय मंगलबार बेलुका पौने ५ बजे) सुरु भयो । मतदान केन्द्रमा मतदाताहरुको लामो लाइन देखियो । नेपाली समयानुसार बुधबार दिउँसोसम्म भिन्न–भिन्न राज्यमा भोट हाल्न सकिनेछ ।

टेक्सासजस्ता केही राज्यबाहेक धेरैजसो राज्यमा बुधबार बिहान पौने ६ बजेदेखि सात बजेसम्म मतदान समाप्त भइसक्नेछ । टेक्सासमा २४ घण्टाका लागि मतदान खुल्ला राखिएको छ । त्यस लगत्तै मतदानको गन्ती सुरु हुनेछ । यहाँ २९ इलेक्टोरल मत छ । अर्थात् बुधबार बिहानसम्म करिब १२ राज्यको नतिजा आउनेछ । यीमध्ये केही ब्याटलग्राउन्ड राज्य पनि छन् जस्तै फ्लोरिडा, नर्थ क्यारोलीना, ओहायो । बुधबार दिउँसोसम्म एरिजोन र आइयोवाको नतिजा पनि आउनसक्छ ।

मतदान भएको राती नै नयाँ राष्ट्रपतिबारे थाहा हुन्छः

अमेरिकामा सन् १९०४ देखि नै मतदान भएको राती नै नयाँ राष्ट्रपतिबारे थाहा हुन्छ तर यसपटक नयाँ राष्ट्रपतिको तस्बिर स्पष्ट हुन समय लाग्न सक्छ । यसको नतिजाले राष्ट्रपति बुधबार घोषित हुनेछन् वा यसका लागि केही दिन वा हप्ता नै कुनुपर्ने हो, त्यसबारे थाहा हुनसक्छ । यो चुनावमा मुख्य प्रतिस्पधौ रिपब्लिकन उम्मेद्वार र राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनबीच हो । उपराष्ट्रपति पदका लागि बाइडेनकी साथी उम्मेद्वार भारतीय मूलकी कमला ह्यारिस हुन् जबकी ट्रम्पका साथी उपराष्ट्रपति माइक पेन्स हुन् ।

फ्लोरिडाको नतिजाले पूरा देशको मूड थाहा हुन्छ । यो राज्य कहिले पनि एउटा पार्टीको रहेन । सन् १९६४ देखि सन् २०१६ सम्म फ्लोरिडामा जित हासिल गर्ने नै राष्ट्रपति बने । सन् १९९२ को चुनाव अपवाद रह्यो । सन् २०१६ मा ट्रम्पले यो राज्य १ प्रतिशत मार्जिनले जितेका थिए ।

पहिलो भोट बाइडेनले पाएः

परम्परा अनुसार पहिलो भोट न्यू ह्याम्पशायरको डिक्सविले नोच इलाकामा हालियो जहाँ पाँच मतदाता छन् । यीमध्ये एकले यो परम्परा निभाएको यसवर्ष ६० वर्ष भयो । डिक्सविले नोचका पहिलो मतदाता लेस ओटनले आफूलाई रिपब्लिकन बताए तर भोट डेमोक्रेपटक उम्मेद्वार जो बाइडनलाई दिए । ए भिडियोमा ओटन भन्छन्, ‘म थुप्रै मुद्दामा ट्रम्पसँग सहमत छैन ।’ यहाँको सबै भोट बाइडनको खातामा गयो जबकि मिल्सफील्डका १६ मध्ये ५ भोट ट्रम्पले पाए ।

चर्चामा

सम्बन्धित समाचार