बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकामा निर्वाचनभन्दा चार दिनअघि नै ८ करोड बढीले गरे मतदान

अमेरिकामा निर्वाचनभन्दा चार दिनअघि नै ८ करोड बढीले गरे मतदान

  • शुक्रबार, कार्तिक १४, २०७७
अमेरिकामा निर्वाचनभन्दा चार दिनअघि नै ८ करोड बढीले गरे मतदान

एजेन्सी। अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ। तर, निर्वाचन हुने दिनभन्दा चार दिनअघि नै अहिलेसम्म आठ करोडभन्दा धेरै मानिसले मतदान गरिसकेका छन्।

बिहीबार युनिभर्सिटी अफ फ्लोरिडाको यूएस इलेक्सन प्रोजेक्टले दिएको तथ्यांकअनुसार अहिलेसम्म आठ करोडभन्दा धेरै मानिसले राष्ट्रपतिको लागि मतदान गरिसकेका छन्। यो संख्या सन् २०१६ मा राष्ट्रपति निर्वाचनमा खसेको समग्र मतको ५८ प्रतिशतभन्दा धेरै हो।

उल्लेख्य संख्यामा मानिसहरुले इमेल वा समयभन्दा अगाडि नै मतदान गर्न चाहनेका लागि व्यवस्था गरिएको मतदानस्थलमा गएर मानिसहरुले आफ्नो मत दिएका हुन्।

कोरोना भाइरस ९कोभिड(१९० को महामारीको अवस्थामा हुन गइरहेको यो निर्वाचनपछि अमेरिकामा कोरोना संक्रमण पुनः फैलिने त्रास छ। त्यसैले मानिसहरुले आगामी मंगलबार मतदानस्थलमा हुने भिडबाट बच्न समयभन्दा पहिला नै मतदान गरेका हुन्।

यसअघि सन् २०१६ मा मतदानको दिनभन्दा पहिला चार करोड ७० लाख मत खसेको थियो। यद्यपि विशेषज्ञहरुले यस वर्ष अघिल्लो निर्वाचनको तुलनामा धेरै मत खस्ने अनुमान गरेका छन्।

अघिल्लो निर्वाचनमा १३ करोड ८० लाख मानिसले मतदान गरेका थिए । मतदानको दिनभन्दा पहिला नै खसेको मतको आधारमा भने डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन अघि छन्।

इमेलबाट मतदान गर्न पाउनुपर्ने पक्षमा वकालत गर्दै आएकाले मतदानको दिनभन्दा अगाडि नै भोट दिनेमध्ये धेरैले डेमोक्रेट्सलाई रुचाएका हुन्।रिपब्लिकनको तर्फबाट उम्मेदवार बनेका डोनाल्ड ट्रम्पले भने यो इमेलबाट मतदान गर्ने प्रणाली धाँधलीको लागि बनाइएको भन्दै यसको विरोध गर्दै आएका छन्।

चर्चामा

सम्बन्धित समाचार