कोल्टी अस्पतालमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १७ सय बढी लाभान्वित
बाजुरा —बाजुराको बुढिनन्दा नगरपालिकाको कोल्टी अस्पतालमा सञ्चालित तीन दिने निःशुल्क स्वास्थ्य शिविरबाट १७ सय बढी लाभग्राही लाभान्वित भएका छन् । कोल्टी अस्पताल, बुढीनन्दा नगरपालिका, एकएक पाईला नेपाल र गेटा आँखा अस्पताल धनगढीको संयुक्त आयोजनामा बिहिवारबाट सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ । शिविरमा नाक,कान,घाँटी,आँखा र दाँत समन्धी रोगको निशुल्क सल्यक्रिया, विशेषज्ञ सेवा […]