बाजुरा — बाजुरा जिल्लाका बिभिन्न स्थानीय तहमा गरी ४५ सय बढि मान्छेहरु क्वारेन्टीनमा रहेका छन् । बाजुरा जिल्लाका १ हजार २ सय ४५ ओटा क्वारेन्टीनमा ४ हजार ५ सय ३७ जना रहेका छन् ।
जसमा हाल सम्म महिला ९ सय २६ र पुरुष २ हजार ८ सय ३८ जना गरी ३ हजार ८ सय ३८ जना क्वारेन्टीनमा रहेका छन् । हाल क्वारेन्टीनमा ३ सय ९६ जना ५ बर्ष मुनीका बालबालिका रहेको जिल्ला प्रसासन कार्यालय बाजुराले जनाएको छ । गर्भवती तथा सुत्केरी महिला २२ जना र जेष्ठ नागरीक ३८ जना रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।