शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बडिमालिका
  • सार्वजनिक यातायात चढने नगर प्रमुख बढुवाल

सार्वजनिक यातायात चढने नगर प्रमुख बढुवाल

  • मङ्लबार, असार १७, २०७६
सार्वजनिक यातायात चढने नगर प्रमुख बढुवाल

बडिमालिका खबर

बाजुरा, १७ असार
स्थानिय तहमा पछिल्लो समयमा गाडि कस्तो किन्ने भन्नेमा निकै होडबाजि छ । बाजुरामा मात्र नभइ देशभरीका स्थानिय तहमा पनि यहि चलेको छ । बाजुरा जिल्लाका ४ वटा स्थानिय तहले यसै आर्थिक बर्षमा गाडि किने र उहाँहरुलाई फेसबुकमा बधाइ दिनेको निकै आइरो लाग्यो । तर बडिमालिका नगरपालिका नगर प्रमुख पदम बढुवालले नगरपालिकाको गाडि किनेका छैन्, प्रदेश राजधानि आवतजावत गर्दा प्राय सार्वजनिक यातायातको टिकट काटेर अरु सर्वशाधारण सरह यात्रा गर्ने गरेका छन् ।
नगर प्रमुख पदम बढुवालले केहि सयम पहिला सामाजिक सञ्जालमा लेखेको स्टाटसले निकै चर्चा पाए । उनले लेखेका थिए “जनताका आँखामा आशु भरेर सम्पन्नशालि हुनु भन्दा नगरवासिको मुहारमा खुशी दिएर भिकारी हुन राजनितिमा लागेको हुँ । जुनदिन सम्म नगरवासिले खुशी साथ बिहान बेलुका हातमुख जोर्न सक्दैनन त्यतिन्जेल सम्म उनकै पसिना जम्मा गरी विलासी सवारी साधनको प्रयोग गर्ने छैन्” । उनी अहिले पनि गाडि किन्ने पक्षमा नभएको बताउछँन् ।
सार्वजनिक यातायातमा यात्रा गरिरहेका नगर प्रमुख बढुवालले अहिले गाडिमा हुने बिकृति रोक्नका लागि पहल गर्नु पर्ने वताएका छन् । उनले यसरी राख्छन्, आफ्नो धारणा “सार्बजनिक बसमा मदिरा सेबन गर्ने मान्छेले गर्दा सर्वशाधारणा र महिलाको यात्रा खल्लो हुदै गएको छ । हल्ला, जथाभाबि बोल्ने, कति छुद्र बोलि, बिना कारण झै झगडा बयबृद्ध बालबालिका, आमा, दिदी बहिनी साथमा हुदा मुख छोपेर हिड्नु पर्ने बाध्यदा निकै कहानि लाल्दो छ । हामी नीति नियम बनाउने ठाउमा बस्ने मान्छेले हरेक पटक सार्बजनिक सवारि साधनमा यात्रा ठुलो सिकाई भएको छ । सोमबार बिहान मात्र अछाम, कैलाली, कन्चन्पुर, डोटी र बाजुराका प्रमुख जिल्ला अधिकार सँग छलफल भएको छ । मदिरा सेबन रहित सार्बजनिक कसरी बनाउन सकिन्छ भनेर अब पत्रकार नागरिक समाज जनप्रतिनिधि राजनितिकर्मी ब्यापारि लगायत सबैले लाग्न जरुरी रहेको छ” ।

चर्चामा

सम्बन्धित समाचार