बाजुरा– त्रिबेणी नगरपालिका वडा न ४ मा रहेकाे ताेली स्वास्थ्य चाैकीमा महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सरको स्क्रिनग शिबर संचालन भएकाे छ । त्रिवेणी नगरपालिकाको समन्वय तथा ग्रीन तारा नेपाल, Karuna Deutschland र Else Kröner-Fresenius-Stiftung को सहयोगमा शिविर आयोजना गरिएको हो।
शिविरमा महिलाहरूको पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक परे थप उपचारका लागि सिफारिस गर्ने व्यवस्था गरिएको ग्रिन ताराका बाजुरा संगाेजक कबिता थापाले बताएकी छन। ग्रामीण क्षेत्रमा रहेका महिलाहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने र क्यान्सरको जोखिम समयमै पहिचान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको थापाले बताइन्।
स्वास्थ्यकर्मीहरूले पाठेघरको मुखको क्यान्सर महिलामा देखिने प्रमुख क्यान्सरमध्ये एक भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको बताएका छन्। शिविरबाट स्थानीय महिलाहरू लाभान्वित हुनुका साथै स्वास्थ्य सचेतना अभिवृद्धिमा समेत टेवा पुगेको विश्वास गरिएको छ।