शुक्रबार, माघ २४, २०८२
  • होमपेज
  • बडिमालिका
  • लागुऔषध विरुद्धको प्रदेशस्तरीय अभियानमा बाजुराका युवा प्रेम नेपाली सम्मानित

लागुऔषध विरुद्धको प्रदेशस्तरीय अभियानमा बाजुराका युवा प्रेम नेपाली सम्मानित

  • शुक्रबार, माघ २४, २०८२
लागुऔषध विरुद्धको प्रदेशस्तरीय अभियानमा बाजुराका युवा प्रेम नेपाली  सम्मानित

बाजुरा— लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सञ्चालन गरिएको प्रदेशस्तरीय अभियान–२०८२ को अवसरमा बाजुरा जिल्लाका युवा अभियन्ता प्रेम नेपालीलाई जिल्ला स्तरीय उत्कृष्ट युवा पुरस्कार प्रदान गरी सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको प्रदेश युवा परिषदद्वारा आयोजित कार्यक्रममा नेपालीलाई रु. ५ हजार नगदसहित सम्मान–पत्र प्रदान गरिएको हो।

प्रदेश युवा परिषदका अनुसार प्रेम नेपालीले बाजुरा जिल्लामा लागुऔषध विरुद्ध जनचेतना फैलाउने, जोखिममा परेका युवालाई सकारात्मक बाटोतर्फ प्रेरित गर्ने तथा विद्यालय र समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकोले योगदानको उच्च मूल्यांकन गर्दै उनलाई उत्कृष्ट युवा पुरस्कारका लागि छनोट गरिएको जनाएको छ ।

सम्मान कार्यक्रममा बोल्दै आयोजक निकायका प्रतिनिधिहरूले लागुऔषधविरुद्धको अभियानलाई सफल बनाउन युवाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्रेम नेपालीजस्ता सक्रिय युवाबाट समाजले सकारात्मक दिशा पाउने विश्वास व्यक्त गरे। सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै प्रेम नेपालीले आफूलाई प्राप्त सम्मानले थप जिम्मेवारी बढाएको बताए । उनले भने, “यो सम्मान व्यक्तिगत उपलब्धिभन्दा पनि समाजलाई लागुऔषधमुक्त बनाउन गरिएको सामूहिक प्रयासको कदर हो। आगामी दिनमा अझ सक्रिय भएर युवालाई सही दिशातर्फ डोर्‍याउने काममा लाग्नेछु।”

प्रदेश युवा परिषदद्वारा प्रदान गरिएको यो सम्मानले बाजुरा जिल्लामा लागुऔषध विरुद्धको अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार