• होमपेज
  • बडिमालिका
  • बाजुराका ४ वडाः जहाँ छन, दुई हजार बढी मतदाता

बाजुराका ४ वडाः जहाँ छन, दुई हजार बढी मतदाता

कुन पालिकामा कति मतदाता ?

  • आइतवार, माघ १२, २०८२
बाजुराका ४ वडाः जहाँ छन, दुई हजार बढी मतदाता

टेक बहादुर बुढा—बाजुराका ४ वटा वडामा दुई हजार बढी मतदाता संख्या रहेको छ । चार नगरपालिका र पाँच गाउँपालिकाका ६९ वटा वडामध्ये ४ वडामा दुई हजार बढी मतदाता संख्या रहेका छन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अद्यावधिक गरेको मतदाता नामावली विवरणअनुसार जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ डोगडीमा सबैभन्दा बढी २४९९ मतदाता छन् । त्याँहा तीन वटा मतदान केन्द्र र एक मष्टेश्वरी मावि मतदानस्थल रहेको छ । त्यस्तै सोही पालिकाको वडा नम्बर १ काँडामा २०६६ मतदाता रहेका छन् । उक्त वडामा दुई मतदान केन्द्र र एक मात्रै काँडा भवानी मावि मतदानस्थल छ ।

त्यस्तै स्वामीकार्तिक खापर गाउँपालिका ३ मा २१५५ मतदाता रहेका छन् । उक्त वडामा शम्भुसुनन्दा मावि जुकोट र शम्भुसुनन्दा मावि जुकु गरी दुई मतदानस्थल र तीन वटा मतदान केन्द्र रहेका छन् । त्यसैगरी बुढीगंगा नगरपालिका १० सिँगाडामा पनि २०२७ मतदाता संख्या रहेको छ । जहाँ दुई मतदान केन्द्र र एक सिँगाडा मावि मतदानस्थल रहेको छ ।

कुन पालिकामा कति छन् मतदाता ?

जिल्ला निर्वाचन कार्यालय बाजुराले सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा कुल ८७ हजार ८ सय ६१ मतदाता, ७७ वटा मतदानस्थल र एक सय १८ मतदान केन्द्र रहेका छन् । जसअनुसार सबैभन्दा बढी मतदाता बुढीगंगा नगरपालिकामा छन् भने सबैभन्दा कम जगन्नाथ गाउँपालिकामा छन् । बुढीगंगामा १४ हजार ९४९ छन् भने जगन्नाथमा ५ हजार ६७९ मतदाता रहेका छन् । त्यस्तै खप्तड छेडेदह गाउँपालिकामा १२ हजार ६८९, त्रिवेणी नगरपालिकामा १२ हजार १३१, बुढीनन्दा नगरपालिकामा ११ हजार ४६७ मतदाता रहेका छन् । त्यस्तै बडीमालिका नगरपालिकामा १० हजार ६५४, स्वामीकार्तिक खापर गाउँपालिकामा ७ हजार ७१२, हिमाली गाउँपालिकामा ६ हजार ३२६ र गौमुल गाउँपालिकामा ६ हजार २५४ मतदाता संख्या रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार