शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बुढीगंगा बन्यो सुदूरपश्चिमकै दोस्रो

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बुढीगंगा बन्यो सुदूरपश्चिमकै दोस्रो

बुढीगंगा जिल्लामा लगातार दाेस्राे पटक प्रथम, बुढीनन्दा पुच्छारमा

  • शनिबार, भदौ ७, २०८२
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बुढीगंगा बन्यो सुदूरपश्चिमकै दोस्रो

बाजुरा—आर्थिक बर्ष २०८०।०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक भएको छ । शुक्रवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक कार्यक्रमविच स्वमूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
लिजाको नतिजा अनुसार बाजुराका ९ स्थानीय तहमध्ये बुढीगंगा नगरपालिकाले सबैभन्दा बढी अंक ल्याउदैँ लगातार उत्कृष्ट भएको छ । बुढीगंगाले ८४ दशमलव २५ अंक ल्याउँदै जिल्लामा दाेस्राेपटक प्रथम र सुदूरपश्चिम प्रदेशमा दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

गत बर्ष सार्वजनिक भएको नतिजामा पनि आव २०७९।८० मा पनि बुढीगंगाले ८४ दशमलव ५० अंक ल्याएर जिल्लाका ९ पालिका मध्ये पहिलो र सुदूरपश्चिम प्रदेशकै तेस्रो स्थानमा आउन सफल भएको थियो ।

यस बर्ष सुदूरपश्चिममा पहिलो भने कैलालीको घोडाघोडी नगरपालिका ८५ दशमलव ५० अंक ल्याएर प्रथम भएको छ ।

त्यस्तै मन्त्रालयले सार्वजनिक गरेको संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजाअनुसार बाजुरामा सबैभन्दा कमजोर बुढीनन्दा नगरपालिका देखिएको छ । बुढीनन्दाले ६१ दशमलव ७५ अंक ल्याएर पुच्छारमा रहेको छ । त्यस्तै बडीमालिका नगरपालिका ८३ दशमलव ५० अंक ल्याएर जिल्लामा दोस्रो भएको छ भने जगन्नाथ गाउँपालिकाले ८१ दशमलव ५० ल्याएर तेस्रो स्थान हासिल गरेको छ ।

त्यसैगरी, स्वामीकार्तिक खापर गाउँपालिकाले ८१, हिमाली गाउँपालिकाले ७५ दशमलव ५०, त्रिवेणीले ७४ दशमलव ७५, खप्तड छेडेदहले ७३ दशमलव ५० र गौमुलले ६९ दशमलव ५० अंक हासिल गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय पद्धति र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिचान, आवधिक समीक्षाको आधार प्राप्त गर्न र स्थानीय सरकारविच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उदेश्यले हरेक बर्ष लिजाको नतिजा सार्वजनिक गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार