शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा विद्युत् सेवा अवरुद्ध

बाजुरामा विद्युत् सेवा अवरुद्ध

  • शुक्रबार, भदौ ६, २०८२
बाजुरामा विद्युत् सेवा अवरुद्ध

बाजुरा– साँफेबगर–मार्तडी ३३ के.भी. प्रसारण लाइन अन्तर्गत साँफेबगर नजिकै रुख ढल्दा बाजुरा जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ।

नेपाल विद्युत् प्राधिकरण  बाजुरा वितरण केन्द्रका अनुसार उक्त रुख ढलेर  बाजुरामा विद्युत आपूर्ति अवरुद्ध भएको जनाएकाे छ। अवरुद्ध लाइन पुनः सुचारु गर्न प्राविधिक टोली  फिल्डमा खटिसकेको प्राधिकरणले जनाएको छ।

विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहकवर्गमा असुविधा पुगेको भन्दै ने.वि.प्रा. बाजुरा वितरण केन्द्रले क्षमायाचना गरेको छ।

चर्चामा

सम्बन्धित समाचार