शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिकामा आज सार्वजनिक बिदा

बडीमालिका नगरपालिकामा आज सार्वजनिक बिदा

  • मङ्लबार, साउन २१, २०८२
बडीमालिका नगरपालिकामा आज सार्वजनिक बिदा

बाजुरा– बडीमालिका नगरपालिकाले बडीमालिका जात्राको अवसरमा साउन २० गते (मंगलबार)  आज र साउन २३ गते (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार जात्राको प्रारम्भ साउन २० गते हुने भएकाले सो दिन सार्वजनिक बिदा दिइने नगर प्रवक्ता धर्मराज पाध्यायले जानकारी दिएका छन् । साथै, जात्राबाट फर्किने दिन साउन २३ गते पनि सार्वजनिक बिदा दिइने निर्णय गरिएको उनले बताए।

नगरपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा निजी विद्यालयहरूमा बिदा लागु हुने जनाइएको छ। बडीमालिका मन्दिर बाजुरा जिल्ला मात्र नभई देशकै एक प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल हो, जहाँ प्रत्येक वर्ष शुक्ल चतुर्दशीका दिन भव्य मेला लाग्दछ।

May be an image of ticket stub and text

चर्चामा

सम्बन्धित समाचार