शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • पर्यटन प्रवद्र्धन गर्न पत्रकार महासंघको दोस्रो पूर्ण बैठक बिरेखोलामा

पर्यटन प्रवद्र्धन गर्न पत्रकार महासंघको दोस्रो पूर्ण बैठक बिरेखोलामा

  • मङ्लबार, साउन १४, २०८२
पर्यटन प्रवद्र्धन गर्न पत्रकार महासंघको दोस्रो पूर्ण बैठक बिरेखोलामा

बाजुरा– नेपाल पत्रकार महासंघ बाजुरा शाखाले आफ्नो दोस्रो पूर्ण बैठक जिल्लाकै एक प्रसिद्ध पर्यटकीय गन्तव्य बिरेखोलाको किनार तथा बडीमालिका नगरपालिका २ घागरमा सम्पन्न गरेको छ । महासंघको दोस्रोपूर्ण बैठकले बिरेखोला लगायत बाजुराको पर्यटन प्रबद्धन गर्ने उदेस्यका साथ सो बैठकको आयोजना गरेको हो । बैठक संगै बनभोज र प्रवद्र्धनात्मक घोषणा पत्र पनि जारी गर्ने निर्णय सहित बैठक सम्पन्न भएको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिहंले बताएका छन् ।
जिल्लाको बडीमालिका नगरपालिको वडा नम्बर ८र ६ को सिमानामा पर्ने बिरेखोला झर्ना पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। सदरमुकामबाट नजिकको गन्तब्य र यातायातको सहज पहुचका कारण बिरेखोला पुग्न सहज भएका कारण दैनिक सयौं स्थानीय तथा पर्यटकहरू झरना अवलोकन गर्न आउने गरेका छन्। झर्नाको प्राकृतिक सौन्दर्य, शीतल पानी र हरियालीले यहाँ आउने जो–कोहीलाई लोभ्याउने गरेको छ।
पत्रकार महासंघ बाजुरा शाखाले बिरेखोलाको थप प्रचारप्रसार र राज्यको ध्यानाकर्षण गराउन बिरेखोलामा बैठक आयोजना गरेको महासंघका अध्यक्ष सिंहले बताएका छन् । झरना नजिकै बनभोज कार्यक्रमको आयोजना गर्दै बिरेखोलाको संरक्षण, पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनमा सबै तहका सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराउने उद्देश्यले औपचारिक घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको सचिव प्रेम रौलेले जानकारी दिएका छन् ।
प्रेस चौतारि नेपालका केन्द्रीय सदस्य कृष्ण ओलीले बाजुरा प्राकृतिक रूपमा धनी जिल्ला भएको र रानिशैन बाहेकका जिल्लामा बडिमालिका, छेडेदह ताल, बार्जुकोट लगायत दर्जनौ पर्यटकिय गन्तब्यको पहिचान सहित प्रचार प्रसार र प्रवद्र्धनको लागि पत्रकारहरूले सधै अग्रभागमा रहेर काम गरेको बताए ।
स्थानीय नागरिकहरू पनि पत्रकार महासंघको यो कदमप्रति खुशी व्यक्त गर्दै, राज्यले यस्तो ठाउँमा आवश्यक लगानी गर्नुपर्नेमा जोड दिएका छन्। बिरेखोलामा भएको यो बैठक र कार्यक्रमले आगामी दिनमा यहाँको पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा राखिएको छ।

चर्चामा

सम्बन्धित समाचार