शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • अर्थ
  • सुदूरपश्चिम सरकार नयाँ बजेटको तयारीमा, चालु आर्थिक वर्ष २७ प्रतिशत मात्रै खर्च

सुदूरपश्चिम सरकार नयाँ बजेटको तयारीमा, चालु आर्थिक वर्ष २७ प्रतिशत मात्रै खर्च

  • आइतवार, बैशाख १४, २०८२
सुदूरपश्चिम सरकार नयाँ बजेटको तयारीमा, चालु आर्थिक वर्ष २७ प्रतिशत मात्रै खर्च

धनगढी— सुदूरपश्चिम प्रदेश सरकार अगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको प्रक्रियामा जुटेको छ । प्रदेश सरकारले अगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबारे पूर्व तयारी अघि बढाएका बेला चालु आर्थिक वर्षको बजेट खर्च भने २७ प्रतिशतमा मात्रै सीमित देखिएको छ ।

सरकार फेरबदलका कारण वार्षिक कार्यक्रम परिमार्जन गर्दै ३१ भदौ २०८१ मा मात्र चालु आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको प्रदेश सरकारले ८ महिनाको अवधिमा २७ प्रतिशतमात्रै खर्च गर्न सकेको हो । प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुुसार सुुदूरपश्चिम सरकारले असोजदेखि चैत मसान्तसम्म चालु र पुँजीगततर्फ २७ दशमलव ०९ प्रतिशतमात्रै खर्च गरेको छ ।

अर्थात् प्रदेश सरकारले विनियोजन गरेको ३१ अर्ब ६६ करोड ८८ लाख २८ हजार मध्ये यो अवधिमा आठ अर्ब ५७ करोड ८१ लाख ८७हजार मात्रै खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।अनलाइनखबर

चर्चामा

सम्बन्धित समाचार