• होमपेज
  • अर्थ
  • पहिरोको चपेटामा रहेको नाइना वस्ती स्थानान्तरणका लागि प्रदेशबाट ४६ लाख बजेट विनियोजन

पहिरोको चपेटामा रहेको नाइना वस्ती स्थानान्तरणका लागि प्रदेशबाट ४६ लाख बजेट विनियोजन

  • आइतवार, अशोज ६, २०८१
पहिरोको चपेटामा रहेको नाइना वस्ती स्थानान्तरणका लागि प्रदेशबाट ४६ लाख बजेट विनियोजन

बाजुरा– बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ६ नाइनाको सिंगो बस्ती बर्षै पहिरोको चपेटामा पर्दै आएको छ । गाउँको तलबाट मार्तडी थामलेक सडक निर्माण पछि सिंगो बस्ती नै जोखिममा पर्ने गरी पहिरो खस्न सुरु भएको छ ।
नाइना वस्तीमा लागेको पहिरोका कारण २५ परिवार पूर्ण रुपमा विस्थापितमा छन् भने ६० बढी परिवार उच्च जोखिममा रहेको स्थानीयहरुले बताएका छन् । हरेक बर्ष स्थानीय तहदेखि केन्द्र सरकारको वेवस्ताले आफूहरु पहिरोको चपेटामा पनि बस्नुपर्ने बाध्यता रहेको स्थानीयहरुको गुनासो छ ।
यस बर्ष भने स्थानीयहरुलाई आश्वाशन स्वरुप सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक बर्ष २०८१।८२ को बजेटमा नाइना वस्तीलाई समावेश गरेको छ । प्रदेश सरकारले नाइना वस्ती स्थानान्तरणका लागि समपुरक अनुदान बमोजिम ४६ लाख १६ हजार बजेट विनियोजन गरेको छ ।
यस बिषयमा खप्तड छेडेदह गाउँपालिकाका सूचना अधिकारी कृष्णराज जोशीले वस्ती स्थानान्तरण कार्यक्रममा समपुरक कोषमार्फत ५० प्रतिशत बजेट गाउँपालिकाले व्यहोर्ने बताएका छन् । उनका अनुसार अबको केहि दिनमा कार्यपालिकाको बैठकमा छलफल गरेर वस्ती स्थानान्तरका बिषयमा योजना बनाइने जानकारी दिए ।
खप्तड छेडेदह गाँउपालिकामा करिब १५ भन्दा बढि गाउँ पहिरोको उच्च जोखिममा रहेका छन् । गाउँपालिकाका मेलतोला, आरूगडा, नाउली खोला गाँज्रा, बल्दे, नाइना, धनाल्त, टुनीसैन, गुइवन, चास्ला माडिखोला, छडिपाताल, गुम्लागाउँ पहिरोको उच्च जोखिममा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार