• होमपेज
  • अर्थ
  • बाजुरामा सवारी कारवाहीबाट ११ लाख बढी राजस्व संकलन

बाजुरामा सवारी कारवाहीबाट ११ लाख बढी राजस्व संकलन

  • सोमवार, साउन १४, २०८१
बाजुरामा सवारी कारवाहीबाट ११ लाख बढी राजस्व संकलन

टेक बहादुर बुढा–  बाजुरा जिल्लामा गत आर्थिक बर्ष २०८०/८१ मा सवारी कारवाहीबाट ११ लाख बढी राजस्व सकलन भएको छ । यो अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरे वाफत त्यसबाट ११ लाख ५१ हजार ५ सय राजश्व संकलन भएको हो ।

एक बर्षमा जिल्लामा ट्राफिक नियमको उल्लंघन गर्ने १ हजार ९ सय ४९ सवारी साधन माथि कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रबिन्द्रसिंह कार्कीले बताएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराका अनुसार गत आर्थिक बर्षमा ट्राफिक नियम उल्लंघन गर्ने सबैभन्दा बढी कार, जीपबाट ५ लाख ३५ हजार राजश्व संकलन भएको छ । त्यस्तै ३ सय ८ वटा ट्याक्टरबाट एक लाख ८४ हजार, ४ सय १५ मोटर साइकलबाट २ लाख ४० हजार ५ सय, १ सय २० ट्रकबाट ७६ हजार, ९९ बसबाट ६५ हजार र ८३ वटा अन्य सवारी कारबाहीबाट ४९ हजार राजश्व संकलन जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले आर्थिक बर्ष ०७९।८० को भन्दा गत आर्थिक वर्षमा सवारी साधन कारवाही र राजस्व संकलनमा वृद्धि भएको ट्राफिक प्रहरी कार्यालय बाजुराका सहायक हवल्दार हर्क बहादुर सिजालीले बताएका छन् ।

जिल्ला ट्राफिक कार्यालयले सवारी साधन दुर्घटना न्युनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक प्रत्येक दिन विद्यालयमा, चालकसँग एक मिनेट कार्यक्रम तथा यात्रुलाई सम्झाउने जस्ता जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दे आइरहेको सहायक हवल्दार सिजालीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार