• होमपेज
  • बडिमालिका
  • पत्रकारको क्षमता विकासका लागि २ दिने प्रशिक्षण

पत्रकारको क्षमता विकासका लागि २ दिने प्रशिक्षण

  • शनिबार, बैशाख २, २०८०
पत्रकारको क्षमता विकासका लागि २ दिने प्रशिक्षण

बाजुरा–बाजुरा जिल्लाका पत्रकारहरुको क्षमता विकासका लागि मार्तडीमा २ दिने तालिम संचालन गरिएको छ । जिल्लामा पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेका पत्रकारहरुलाई समाचार लेखन, टेलिभिजन पत्रकारीता र रेडियो पत्रकारीताका आधारभुत सीपहरु बारे प्रशिक्षण गर्न तालिमको आयोजना गरिएको हो ।

आन्तारिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजना तथा बाजुरा शाखाको सहकार्यमा उक्त तालिम आजबाट सुरु भएको हो ।

तालिमको आज एक औपचारिक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका नगरप्रमख अमर बहादुर खड्काले उद्धघाटन् गरेका हुन् । उद्धघाटन् शत्रमा बौल्दै नगर प्रमुख खड्काले बाजुरा जिल्लाको पत्रकारीता क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न बडीमालिका नगरपालिका प्रतिवद्ध रहेको बताए ।

२ दिन सम्म संचालन हुने तालिमको पहिलो दिन आज पत्रकारीताका आधारभुत सीपहरु, टेलिभिजन पत्रकारीता, रेडियो पत्रकारीताका विषयमा पत्रकार महासंघका प्रदेश महासचिव रामसिंह ठगुन्ना, सचिव हरी जोशी र प्रदेश सल्लाहकार कृष्ण ओलीले प्रशिक्षण गरेका थिए ।

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलको अध्यक्षतामा संचालन भएको सो कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहेका थिए भने कार्यक्रमको स्वागत मन्त्व्य जिल्ला शाखा बाजुराका अध्यक्ष छक्क मल्लले गरेका थिए ।

स्वामीकार्तिक प्लाजाको तालिम हलमा संचालन गरिएको कार्यक्रमको संचालन प्रदेश महासचिव रामसिंह ठगुन्नाले गरेका थिए । कार्यक्रममा जिल्लाका २५ बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार