बाजुरा — बडिमालिका नगरपालिका वडा न ८ अन्तरगत रापक नजिकै खोलामा फसिएको अबस्थामा फेला परेको घोरेललाई जिल्ला बन कार्यालयको रोहबरमा जंगलमा छोडीएको छ ।
पुस २१ गते दिउसो नदिमा फसिएको अबस्थामा फेला परेको घोरेललाइ स्थानियले जिल्ला बन डिभिजन कार्यालय बाजुराको जिम्मा दिएका थिए । जिल्ला बन डिभीजन कार्यालय बाजुराले जिल्ला प्रहरी कार्यालय, पत्रकार सम्बन्धीत वडाका वडा अध्यक्षको रोहवरमा शुक्रबार पुनः जंगलमै छोडेको जिल्ला बन डिसिभजन कार्यालय बाजुराका प्रमुख भोजराज पाठकले बताएका छन ।