बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रमकाे समापन

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रमकाे समापन

  • शनिबार, मंसिर २४, २०७९
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रमकाे  समापन

बाजुरा — ‘सभ्य समाजको पहिचान, लैंगिंक हिंसा बिरुद्धको अभियान’ भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको समापन गरिएको छ । शनिबार बडिमालिका नगरपालिकाले अभियानको एक कार्यक्रमका बिच खुलामंचमा समापन गरेको हो ।
र्‍याली सहित बजार परिक्रमा गरी सदरमुकाम मार्तडी स्थित खुलामंचमा एक कार्यक्रमका बिच सो कार्यक्रम समापन गरिएको छ । बडिमालिका नगरपालिकाको आयोजनामा गरिएको सो कार्यक्रममा जिल्ला अस्पताल ओसीएमसी बाजुरा, यूएनएफपिए, पिसवीन बाजुरा, गिफ्ट बाजुरा, साहस नेपाल, आईएनएफ बाजुरा लगायतका संस्थाहरुको सहकार्यमा सो. कार्यक्रमको आयोजना गरिएको बडिमालिका नगरपालिकाले जनाएको छ ।

No description available.
महिला र पुरुषविचको विभेद अन्त्य गरेर हिंसा रहित सभ्य समाजको निर्माण गर्न नगरपालिकाले बिभिन्न कार्यक्रमहरु गर्दै शनिबार एक कार्यक्रमका बिच समापन गरिएको बडिमालिका नगरपालिका प्रमुख अमर बहादुर खड्काले बताए ।

No description available.
‘अहिले महिलामात्र होईन, पुरुषपनि हिंसामा पर्ने गरेका छन १६ दिने अभियानको उद्देश्य पुरा गर्नको लागि सबै आआफ्नो ठाँउबाट एकजुट भएर लाग्नुपर्ने कार्यक्रमका प्रमुख अतिथी निवर्तमान प्रतिनिधी सभा सदस्य लाल बहादुर थापाले बताए ।
बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि निबर्तमान प्रतिनीधी सभाका सदस्य लाल बहादुर थापा रहेका थिए । कार्यक्रमका बिषिष्ठ अतिथिहरुमा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया, नेपाली काँग्रेस बाजुराका सभापती रामसिं रावल, नेकपा एमालेका नेता अर्जुन रोकाया लगायत रहेका थिए । कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैर सरकारी निकायका प्रमुख एबं प्रतिनिधीहरु पत्रकार लगायत स्थानियको उपस्थिती रहेको थियो ।

No description available.
स्वागत बडिमालिका बडिमालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल बिकले स्वागत गरेको कार्यक्रममा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुखले कार्यक्रमको उदेस्य बारे जानकारी गराएकी थिइन ।

चर्चामा

सम्बन्धित समाचार