• होमपेज
  • बडिमालिका
  • ९ बर्ष देखी उपचार अभाबमा बडीमालिका ९ का राम बहादुर बिष्ट

९ बर्ष देखी उपचार अभाबमा बडीमालिका ९ का राम बहादुर बिष्ट

  • शनिबार, असार ४, २०७९
९ बर्ष देखी उपचार अभाबमा बडीमालिका ९ का राम बहादुर बिष्ट

बाजुरा — बाजुराको बडिमालिका नगरपालिका ९ चाैराटा बस्ने ३९ बर्षिय राम बहादुर बिष्ट उपचार अभाबमा  रहेका छन् । पैसा नहुँदा बिष्टले विगत ९ बर्षदेखी रोग पालेरै बसेका छन । अहिले उनि जिवन मरणको दोसाधमा छन् ।
बिष्ट बिरामी भएदेखी जिल्ला अस्पताल बाजुरामा उपचार गर्दै आएका भए पनी बाहिर जान पैसा नहुदा पाएका छैनन् । अस्पताल बाजुराले पटक पटक धनगढी रिफर गरेको भएपनि पैसा नहुँदा उनि घरमै थलिएका छन् । राम बहादुरको तौल बिस्तार घटिरहेको छ, उनको ज्वरो आउने, पखाला लाग्ने   लगायतका समस्याले ग्रसित रहेका छन् । खाना खाने बित्तिकै शौच जानुपर्ने, टाउको दुख्ने शरिर, दुख्ने, पेट दुख्ने समस्याले बिष्ट ९ बर्षदेखी थलिएका छन् ।
धनगढी सम्म जाने गाडिभाडा समेत नभएका राम बहादुरको रोगको पहिचान समेत हुन सकेको छैन् । अस्पताल बाजुराले बिष्टलाई थाइराइड तथा अन्य समस्या पनि हुन सक्ने भन्दै धनगढी सेति प्रादेशिक अस्पतालमा चेकजाँच गर्न रिफर गरेको धेरै भइसकेको  उनकी श्रीमती मनकला बिष्टले बताइन् । जिल्ला अस्पताल बाजुरामा उपचार गर्न जाँदा पटक पटक अस्पतालले धनगढी रिफर गर्छन्, तर पैसा नहुँदा कतै लिन नसकेको राम बहादुर श्रीमति  बिष्टले बडिमालिका खवर स‌ग बताइन् ।
उपचार त धेरै टाढाको बिषय हो, धनगढी सम्म जाने गाडिभाडा समेत नभएर समस्या परेको मनकला बिष्टकाे भनाइ रहेकाे छ । ५ जना परिवार रहेका मनकलालाई परिवार पाल्न त निकै समस्या रहेको छ । श्रीमान ठिक हुदा उहाँले काम गरेर परिवार पाल्ने गरेका थिए, अहिले श्रीमान पनि थला परेका छन्, दैनिक छाक टार्न पनि निकै धौ धौ भएको मनकलाले थपिन् ।
बिष्टको शरिरमा रगतको मात्रा पनि निकै कम रहेको देखिन्छ । मनकलाले श्रीमानको उपचारमा सहयोग गरिदिनका लागि धेरै ठाउँमा हारगुहार गरिन तर कतैबाट पनि सहयाेग पाइनन  । स्थानिय सरकारलाई पटक पटक गुहार मागिरहेकि छन् । उपचारमा सहयोगका लागि धेरै प्रयास गरे तर कतै बाट सहयोग नपाएको, अब श्रीमानको मृत्युलाइ कुरेर बस्नुकाे बिकल्प  भन्दा बाहेक केही नभएको मनकलाले रुदै वताईन् ।

चर्चामा

सम्बन्धित समाचार